ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

  • Get News Alerts

यतिबेला केही ठूला सञ्चारमाध्यमले स्रोत नखुलेको एक बिज्ञापन प्रकाशन/प्रशारण गरेको कुरा चर्चामा छ। जुन बिज्ञापनले पत्रकार आचारसंहिताको ठाडो उल्लघन गरेको छ। मूलधारका क बर्गका अधिंकाश पत्रपत्रिका र केही रेडियो टेलिभिजिनले प्रकाशन/प्रंशारण गरेको उक्त सुचनाले जनहीत आएको जस्तो देखिन्छ। संचार माध्यमहरुले प्रकाशन/प्रसारण गरेको ‘नाङ्गो साबुनमा बोसो त छैन’? भन्ने उक्त सुचनाप्रति प्रेस काउन्सिल नेपालले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले एक बिज्ञप्ती जारी गरी उक्त बिज्ञापन प्रकासन/प्रशारण नगर्न भनेको थियो। यद्यपि काउन्सिलको सुचना पछि पनि सो सुचना प्रकाशन/प्रसारण गरिरहेका छन्।

ठूला सञ्चारमाध्यमको मनोमानी

कुनै पनि सुचना वा बिज्ञापन प्रकाशन वा प्रशारण गर्दा स्पष्ट स्रोत खुलाउनुपर्ने हुन्छ। यद्यपि सो प्राबधान बिपरित नेपालको ठूला भनिएका सञ्चारमाध्यमले आचारसंहिताको ठाडो उल्लघंन गरेको देखिन्छ। हुन त ठूला भनिएका सञ्चारमाध्यमको यो पहिलो गल्ती भने हैन, यसरी कहिले गलत समाचार त कहिले गलत बिज्ञापन जानाजान राखी सानो माफीको भरमा माफिया बनिरहेका ठूला सञ्चारमाध्यको मनोमानी झनै झल्किएको छ। सञ्चारमाध्यम पैसा मात्रै कमाउने उद्योग मात्रै नभई सामाजिक दायित्व निर्वाहसँगै मुलुकको सम्बृद्धि र राष्ट्रियताको सवालमा लेख्ने बोल्ने र सुचना प्रवाह गर्नुपर्ने हुन्छ। यद्यपि सञ्चारमाध्यमहरु पैसा कमाउने बाटोमा मात्रै हिडेका थुप्रै उदाहरण पछिल्लो समय देखिन थालेका छन्। उदाहरणका लागि कतिपय निरन्तर बिज्ञापन पाइरहने पत्रिकाले एक दिन मात्रै पनि बिज्ञापन नपाउदा पत्रिका ननिकाल्ने, बिज्ञापन नदिएकै भरमा कुनै उद्योग ब्यवसायको बिषयमा नराम्रो लेखिदिने यस्तै पैसा वा बिज्ञापन दिएकै भरमा नराम्रोलाई पनि राम्रो भनिदिने। यो भन्दा ठूलो मनोमानी अहिलेको बिना स्रोतको बिज्ञापनमा देखिएको छ। पत्रिकाहरुले यो बिज्ञापन फ्रन्ट पेजमै छाप्नु, रेडियोहरु पिक आवरमा बिज्ञापन बजाउनुले मोटो रकम नै पाएको बुझिन्छ। 

सञ्चारमाध्यम टिक्नका लागि बिज्ञापन अति आवश्यक कुरा हो। यद्यपि बिज्ञापन के–कस्तो हो, सो बिज्ञापनले समाजमा कस्तो असर पार्छ, कसले दिएको लगायतका कुरामा सञ्चारमाध्यमले हेक्का राख्नुपर्छ। पंक्तिकारको यी शब्द लेखिरहँदा ठूला सञ्चारमाध्यम यी बिषयमा अनबिज्ञ भने देखेको हैन। आचारसंहिताका पाठ पठाउने ठूलै सञ्चारमाध्यमका सम्पादकहरुले जानजान पैसा कमाउने उद्देश्यले सो बिज्ञापन राखेको देखिन्छ। 

काउन्सिलको लाचार बिज्ञप्ति

यो बिज्ञापनले आचारसंहिता मात्रै उल्लघंन गरेको छैन। साबुन उत्पादक कम्पनीहरुको ब्यापारमा पनि धक्का लाग्ने पक्का छ। सो बिज्ञापन प्रकाशन र प्रशारणमा स्रोत स्पष्ट नखुले पनि बहुराष्ट्रिय कम्पनी युनिलिभरले दिएको बुझिन्छ। यद्यपि सो बिज्ञापनको ब्याहोरा हेर्दा कुनै कम्पनीले दिएको बिज्ञापनभन्दा सरकार मातहतका कुनै संस्थाले सरकारी अनुमतिमा जनहीतमा जारी गरिएको सुचना जस्तै छ। तर सरकारले यो बिषयमा कुनै जानकारी नभएकाले तत्काल प्रकाशन वा प्रशारण रोक्न भनिसकेको छ। तर काउन्सिलले निकालेको सो सुचनाले कारबाही हैन आग्रहको भाव बाकेको छ। कुनै सानो गल्ती भइसकेपछि सचेत मात्रै गराएको जस्तो बुझिन्छ।  तर नाङ्गा साबुन उत्पान गर्ने कम्पनी र आम नेपाली उपभोक्ताले यसबाट के सन्देश पाउने ? मूलधारका सञ्चारमाध्यमले पटक पटक गल्ती गर्दा र पैसाकै लागि जानजान आचारसंहिता उल्लघंन गर्दा के काउन्सिलको सचेत गराउने सुचना मात्रै जारी गर्नुपथ्र्यो ? अझै सचेत गराएपछि पनि सुचना प्रकाशन र प्रसारण भइरहेका छन्। काउन्सिलले यो एक कर्मकाण्ड मात्रै पु¥याएको हो ? यदि हैन भने प्रेस काउन्सिलले सचेत गराउनुको मात्रै अर्थ रहदैन। काउन्सिलले यो अर्थमा सचेत मात्रै गराउनुपथ्र्यो, जहाँ अन्जानमा गल्ती भएका थिए तर यहाँ त जानजान  स्रोत बिना भ्रमित बिज्ञापन बजाइएको छ। यो बेला काउन्सिलले सचेत मात्रै गराउने यो लाचार सुचना जारी नगरी सिधार कारबाही गर्नुपथ्र्यो।

बिज्ञापनको बिश्वनीयतामा प्रश्न

कुनै पनि बिज्ञापनको विश्वसनियाताको लागि बिज्ञापन दिने व्यक्ति वा सस्थाको नाम अनिवार्य उपमा उल्लेख गर्नु पर्ने आचारसंहिता छ। तर सो प्राबधानको बिपरित स्रोतबिहिन सम्प्रेषित उक्त बिज्ञापनबाट पत्रकार आचारसंहिता उल्लंघन मात्रै हैन अन्य बिज्ञापनको बिश्वनीयतामा पनि प्रश्न उठेको छ।  उद्योग ब्यवसायको क्षेत्रमा बामे सर्दै गरेको नेपाल र नेपाली उपभोक्ताहरु बिज्ञापनका बिषयमा त्यति बिज्ञ छैनन्। उपभोक्ताहरु एउटा धारमा कुनै बिज्ञापन वा सुचना तथा जानकारी रेडियो टेलिभिजन वा पत्रपत्रिकामा आउनेबित्तिकै सही पत्याउने खालका छन् भने अर्को धारमा बिज्ञापनहरुमा बिश्वाश नै नगर्ने खालका छन्। यो बिज्ञापनको सन्दर्भमा बिज्ञापनमा एकैपटक बिश्वाश गर्नेहरुले अब नाङ्गा साबुन प्रयोग नै गर्नुहुँदैन र भन्ने सन्देश फैलाउनेछन् भने अर्को बिश्वास नगर्नेहरुले अली अली गरेको बिश्वास पनि घटाउनेछन् जसका कारण बिज्ञापन त मिडियाहरुको पैसा कमाउने मेलो मात्रै बुझ्नेछन्। तसर्थ सो भ्रामक र स्रोतबिहिन बिज्ञापनले बिज्ञापनको बिश्वनीयतामा गम्भीर प्रश्न उब्जाएको छ।    

नेपाली कम्पनीलाई धक्का

कुनै पनि कम्पनीले आफ्ना उत्पादन अरुभन्दा यसरी राम्रा छन् भनेर पत्याउने तर्क गरी आफनो प्रचार गर्छ र गर्नुपर्छ। जसको अर्थ आफ्नो उत्पादन अरुभन्दा बढी बिक्री होस् र आफ्नो ब्यापार फस्टाओस् भन्ने हो तर यो बिज्ञापनमा आफ्नो प्रचार नभई अरुको उत्पादन नराम्रा हुन् प्रयोग नगर्नुस् भनिएको छ। यस्तो सुचना वा बिज्ञापन नेपाल सरकार वा सरकारले अनुमति दिएका संस्थाले प्रभावकारी अनुगमन पश्चात मात्र प्रकाशन वा प्रशारण गर्न पाउँछ। तर सिधासिधा मनोमानी तरिकाले प्रशारण/प्रकाशन गरिएको सो बिज्ञापनले नेपाली साबुन उत्पादक कम्पनीहरुलाई ठूलो धक्का लाग्ने देखिन्छ।  नेपाली बजारमा प्रयोग हुने अधिंकांश नाङ्गा साबुन नेपाली उत्पादन नै भएकाले यदि उपभोक्ताले सोही बिज्ञापनका आधारमा साबुन प्रयोग नगर्ने हो भने नेपाली उत्पादन धरापमा पर्ने अवस्था आउन सक्छ।

 सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

यसैगरी सञ्चारमाध्यम र पत्रकारकै नियमन र अनुगमनका लागि स्थापित निकाय प्रेस काउन्सिल नेपालले कारबाही गर्नका लागि बेलाबेला डराउनु हुँदैन र यो पटक पनि डराउनुहुन्थेन। जानजान आचारसंहित उल्लघंन गर्दा सचेत मात्रै गराएर कर्मकाण्ड पुरा गर्ने अनि सचेत गराइएका सञ्चारमाध्यमले काउन्सिलको सुचनाको प्रवाह नगरी प्रकाशन/प्रशारण गरिरहने। तसर्थ साबुनको लेबनवाला स्रोतबिहिन बिज्ञापनमा जानजान गल्ती गर्नेलाई कारबाही हुनुपर्छ।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट