गैर नेपालीलाई नागरिकता नबाँड

  • Get News Alerts

केही समयअघि 'नन पेपर' डकुमेंट भन्दै संविधान संसोधनको बारेमा केहटी बुँदा सार्वजनिक भएका थिए। जसमा नेपालमा १० वर्ष बसेको अंगिकृत नागरिक राज्यको प्रमुख पदमा जान पाइने भन्ने उल्लेख थियो। सामाजिक संजालमा व्यापक विरोध भएपछि सरकारले नै उक्त प्रस्ताव आधिकारिक होइन भन्दै खण्डन गर्नुपरेको थियो। तर परिस्थितिको गाम्भीर्यतालाई आत्मसाथ गर्ने हो भने सरकारले नै संविधान संशोधन गर्न उक्त प्रस्ताव सार्वजनिक गरेको बुझिन्छ।

यदि व्यापक विरोध भएमा उक्त प्रस्ताव आधिकारिक होइन भनिदिने अनि खासै विरोध भएन भने उक्त प्रस्ताव नै अक्षरस संसदमा पेश गर्ने सरकारी नियत नै हो। तर तत्कालका लागि उक्त प्रस्ताव अगाडि बढाउन सरकार नै हिचकिचाएको देखिन्छ। विश्वका धेरै देशमा आप्रवशन मुद्दा निकै पेचिलो बन्दै गएको छ। जसको ज्वलन्त उदाहरण कसैले नचिताएका डोनाल्ड ट्रंप अमेरिकाका रास्ट्रपतिमा चुनिनु हो।

नेपालमा पनि प्रायः प्रत्येक निर्वाचन हुनु अगाडि शिविर चलाएर धेरै नागरिकता बाँडिन्छ। जसले गर्दा धेरै विदेशीहरु मुख्यतः भारतीयहरुले नेपाली नागरिकता लिने गरेको कुरा बारम्बार सार्वजनिक भइरहेको छ। केहीसमय अगाडि मात्र भारतीय गृहमन्त्रीले नेपालमा १ करोड भारतीय रहेको बताउनुले समेत उनीहरुले नेपाली नागरिकता लिएको प्रस्ट हुन्छ। कतिसम्म भने नेपालमा चुनाव हुँदा तराइमा भोट हाल्ने अनि भारतमा चुनाव हुँदा बिहारमा भोट हाल्ने गरिएका घटना समेत सार्वजनिक भएका छन्। यसरी दवाव अथवा प्रभाव जे मा परेर भएपनि विदेशीलाई नागरिकता बाँडिनु कदापि राष्ट्र हितमा छैन।


जबजब चुनावको कुरा आउँछ तब तराइबाट प्रतिनिधित्व गर्ने धेरै राजनीतिक दलले नागरिकताको सवाल उठाउँछन्। हामी के कुरामा प्रस्ट हुनुपर्दछ भने उमेर पुगेको हरेक नेपाली नागरिकले सहजरुपमा नागरिकता पाउनुपर्दछ। प्रत्येक नेपालीलाई नागरिकता दिइनुपर्दछ।

वर्ण तथा लवज मिल्यो भन्दैमा तराइमा जन्मेको धर्तिपुत्रलाई कुनै पनि हालतमा नागरिकता लिनबाट बन्चित गरिनु हुँदैन। यदि गरीन्छ भने त्यो सरासर अन्याय हुन जान्छ। तर कुनै पनि हालतमा विदेशीलाई नागरिकता दिइनु हुँदैन। यसमा सरकार तथा स्वयम् तराइबासी नागरिक नै सचेत हुनुपर्छ। किनकि विगतमा जस्तै भारतीयहरुले नेपाली नागरिकता लिएभने त्यसको सबैभन्दा ठूलो असर तराइ बासिन्दालाई हुनेछ। तराइका नेपालीहरु बिशेष अधिकारबाट वन्चित त हुनेछन् नै, समय क्रमसंगै विस्थापित समेत हुन सक्नेछन्।

तत्कालका लागि सामान्य जस्तै देखिए पनि विदेशीलाई नागरिकता बाँडिनु दीर्घकालिनरुपमा राष्ट्रघात बाहेक केही हुन सक्दैन। त्यसैले तराइका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा विनम्रतापूर्वक अनुरोध छ कि यदि टोल-छिमेकमा नागरिकता वितरण टोलि आएमा सच्चा नेपालीले नागरिकता पाउने तर विदेशीले कुनै हालतमा नागरिकता नपाउने कुरामा चनाखो रहिदिनुहोला।

किनकी तराइबाट प्रतिनिधित्व गर्ने एवम् आफूलाई तराई मधेसका 'मशिहा' बताउने राजनीतिक दलबाट यस्तो अपेक्षा गर्न सकिने अवस्था छैन। तराइको धेरै जग्गा भारतले अतिक्रमण गरेको छ, तर यसबारेमा कोही चुइक्क बोल्दैनन् र काम पनि गर्दैनन्।  एकतर्फी भारतीय बाँधले बर्षेनी तराईका सयौं बिघा जग्गा जमिन डुवानमा पर्छ, नेताहरु थाहै नभए झैँ गर्छन्। सीमामा सयौं नेपाली लुटिन्छन्, कुटिन्छन्, कोही बोल्दैनन्। त्यसैले तराइबासीको नागरिकता समस्या समाधानको लागि तराइका धर्तिपुत्रहरु नै उठ्नु जरुरी छ।

नेपाल भन्दा कैयौं गुना ठुलो एवम् कतिपय सामाजिक-सांस्कृतिक  सम्बन्ध भएको देशसँग खुला सिमाना राखेर नागरिकता समस्या दीर्घकालिनरुपमै समाधान गर्नु कठिन छ। आजभोलि हरेक सदरमुकामबाट प्रत्येक नेपालीले सहजरुपमा नागरिकता प्राप्त गर्न सकिन्छ। त्यसैले शिविर चलाएर नागरिकता वितरण गर्नु आवश्यक छैन। तर यदि त्यस्तो भइहालेमा पनि सम्पूर्ण तराईबासी नेपाली नागरिकहरु विदेशीले नागरिकता नपाऊन् भन्ने  कुरामा अत्यन्त सजग रहनु जरुरी छ। नागरिकता जस्तो अत्यन्त संवेदनशील विषय राष्ट्रिय स्वाभिमानसँग समेत जोडिएकोले यसमा हेलचेक्र्याँई गरिनुहुँदैन।

त्यसैले शिविर चलाएर नागरिकता बाँड्ने कार्यको विरोध गर्दै गैर-नेपालीले नागरिकता नपाऊन् भन्ने कुरामा अत्यन्त सजग रहनु पर्छ। अनि सकिन्छ भने विगतमा को-को गैर-नेपालीले नागरिकता भन्ने छानबिन गरेर तिनको नागरिकता खारेज गर्न सहयोग गरौं। प्रक्रिया पुगेका प्रत्येक नेपाली नागरिक सहजरुपमा नागरिकता प्राप्त गर्नबाट नछुटून्, कुनै पनि गैर-नेपालीले नेपाली नागरिकता नपाऊन् !

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मुस्कान मिठो मिर्साको! मुस्कान मिठो मिर्साको!

    बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

    शुरेन्द्र राना

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट