यो वर्ष गत शुक्रबार सुरु भएको छठ पर्व सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ।
छठ पर्वमा पहिलो दिन नुहाएर नुन अंश नहुने खाना खाने, दोश्रो दिन दिनभरी निराहार बसी (खाना नखाने) र साँझपख छठी माईको पूजा गरी घर रहेका सम्पूर्ण परिवारजनलाई प्रसाद दिइन्छ। तेस्रो दिन दिनभरि निराहार बसी पुरी, गहँुको पिठोमा सकर हाली ठकुवा तथा विभिन्न प्रकारका परिकार बनाइन्छ। फलफूल तथा अन्य पूजा लाग्ने साम्रगीहरुलाई दिनभरि तयारी गरी साँझपख नजिकको पोखरी, नदी, ताल, तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। चोथौ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ।
हिन्दुहरुको महानचाड हो, छठ पर्व । छठ मधेशी समुदायले मात्र नभई पहाडी समुदायका साथै मुस्लिम धर्मालम्वीले पनि मनाउने गरेका छन्। छठ पर्व विषेश गरि सूर्यको आरधनाबाट चर्मरोग निको हुने, निःसन्तान भएका व्यक्तिले छठी मैयाप्रति आस्था राखी सूर्य भगवानको पूजा आर्चना गरे आफ्नो मनोकामना पुरा हुने विश्वास छ ।
छठ मिथिलाञ्चलमा प्रमुख चाडका रुपमा मनाए पनि हाल मेचीदेखि महाकालीसम्म तथा राजधानी उपत्यकाका तीनै जिल्लासहित अधिकांस जिल्लामा मनाउन थालिएको छ । कतिपय ठाउँमा हिन्दु धर्मबाहेकका अन्य धर्माम्बलीहरु समेत यो पर्व मनाउन थालेका छन् ।
जबकि राष्ट्रिय पर्व दशैं र तिहारको हिन्दूबाहेक अन्य धर्माम्बली मनाउँदैनन्। इदको मुश्लिम बाहेक अन्य धर्माम्बली मनाउँदैनन् ।
अब कुरा यहाँ के आउँछ भने छठ पर्व ठूलो कि दशैं र तिहार? यसको सजिलै उत्तर छ सबैको साझा पर्व छठ हो । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक हो । सबै जनताको आ–आफ्नै रितिरिवाज रहेको छ। विभिन्न किसिमको धर्म, सँस्कृतिले धनी मुलुकमा दशैं, तिहारलाई राष्ट्रिय पर्वको रूपमा मनाइँदै आएइको छ। यसबाहेक विभिन्न किसिमको पर्वमा सरकारले विदा समेत दिइँदै आएको छ । तर छठ पर्वप्रति नेपाल सरकार किन विदाका लागी उदासिनता देखिन्छ । दशैमा ६ दिन विदा, तिहारमा चार दिन विदा दिइन्छ भने चार दिनसम्म मनाइने छठ पर्वमा कम्तिमा दुई दिन विदा दिनु पर्छ।