नवयुगको प्रचण्ड सामन्तवाद!

  • Get News Alerts

इतिहासको कुनै कालखण्डमा राजामहाराजा विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने प्रचलन रहेको थियो । यो प्रवृति राजाप्रतिको जनता र सरकारको सम्मानको रुपमा लिइन्थ्यो। तर क्रान्तिकारी विचारधारा बोक्नेहरुले त्यो सार्वजनिक विदाको विरोध गरेको पाइन्छ।

नेपालमा सामन्तवादको अवशेषको रुपमा लिइएको १०४ वर्षिय राणा शासन, ३० वर्षको पञ्चायत र २४० वर्षिय राजतन्त्र शाही शासनको अन्त्य गरी दुनियाँ कै क्रान्तिकारी मानिने जनताबाट निर्वाचित संविधान सभाबाट संविधान बनाइयो। सर्वभौमसत्ता सम्पन्न नेपाली संघियता, लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व संसदीय व्यवस्था सहितको संविधान निर्माण भयो। भौतिक रुपमा सामन्तवादी राजतन्त्रको दाहसंस्कार गरियो। जनताबाट निर्वाचित भएर जनप्रतिनिधी शासन सत्ता चलाइरहेका छन्।

मानसिकता सामन्तवादी र राष्ट्रघाती तर भौतिक रुपमा सर्वभौमसत्ता सम्पन्न, स्वाभिमानी र गणतन्त्रवादी ठान्ने नेपाल सरकारल भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको २०७३ साल कात्तिक ११ गतेको बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदले भारतका राष्ट्रपति मुखर्जी काठमाडौं उत्रिदाँ स्वागतका लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यही निर्णयबाट प्रष्ट हुन्छ, भौतिक रुपमा सामन्तवादको अवशेष राजतन्त्रको अन्त्य भएको रहेछ तर मानसिक रुपमा त्यो सामन्तवादी प्रवृति कथित आफूलाई आफै दुनियाँकै सबैभन्दा बढी क्रान्तिकारी ठान्ने प्रचण्ड सामन्तहरुमा जिवितै रहेछ। राजतन्त्र कालमा पहिला राजा जाँदा र आउँदा विदा हुन्थ्यो। आफ्नो राजा फालियो। यहाँ अब छिमेकी देशको राष्ट्रपतिलाई राजा मान्न खोजिएको छ। राजामहाराजको सामन्तवादी प्रवृत्ति कहीँ कतै पनि राष्ट्रियताको सवालमा गलत नभएपनि वर्तमान कथित प्रचण्ड सामन्तवादीहरुले लाद्न खोजेको सामन्तवाद राष्ट्रियताको सवालमा भयावह छ। नेपाल र नेपाली जनताको स्वाभिमान गिराउने खालको छ। राष्ट्रिय स्वाभिमान, स्वाधिनता र सर्वभौम सत्ताप्रतिको यो भन्दा ठूलो अपमान के होलारु सामाजिक सञ्जालदेखि सडकसम्म जनताको आक्रोस देखिएको छ।

सधैँ सार्वजनिक विदा दिँदा खुसी हुने विद्यार्थी दुखित छन्। विद्यालय जीवनदेखि कलेज जीवनसम्म विदा दिँदा दुःख लागेको यो पहिलो पल्ट हो। यो विषय नेपाली स्वाभिमानसँग जोडिएको छ। जनताको शान्तिपूर्ण आन्दोलनको भावलाई बुझ्दै राजामहाराजाहरुले पद त्याग गरेका उदाहरण छन्। नेपालको सन्दर्भमा २४० वर्ष राजतन्त्र शान्तिपूर्ण जनआन्दोलनले हटायो। तर नेपालमा गणतन्त्रको स्थापनापछि जनताको आक्रोशका बाबजुद् पनि किन नेपाल सरकार जनताको स्वाभिमान गिराउने निर्णयहरु गरिरहेको छरु किन जनतालाई दुःख दिने निर्णयहरु भइरहेका छन्रु गणतन्त्रमा पनि जनताको कुरा नसुन्ने नेपाल सरकार कहाँबाट सञ्चालित भइरहेको छरु किन भारत र चीनका सामु नेपालका शासक झुकिरहेका छन्।

यी तमाम गम्भीर प्रश्न सबै नेपालीले केलाउन जरुरी छ। हजारौं नेपाली जनतालाई कथित जनयुद्धको नाममा नेपालीलाई दुःख दिने नियतीले आतङ्कवाद र भारतको सहारामा शासन सत्तासम्म प्रचण्ड पुगेको कुरा अब लुकाइराख्नु परेन।

अहिले सर्वाधिक चर्चाको विषय लोकमान प्रकरण पनि छ। अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई जम्माउने पनि यही प्रचण्ड हुन। प्रचण्डकै कोटाबाट लोकमान अख्तियारमा सिफारिस भएका हुन्। जब लोकमान प्रचण्डलाई काम नलाग्ने भए अनि आफ्नै पार्टीका संसदमार्फत् महाअभियोग दर्ता गराए।

आज लोकमान र सार्वजनिक विदाको विषयमा जनताको आक्रोश छ। नेपालीहरु लोकमान र सार्वजनिक विदा दुईटैको विरोधमा छन्। लोकमान सामन्तवादको अवशेष हुन् लोकमानले कानुनी राज्यको खिल्ली उठाएका हुन र सर्वोच्च अदालतको अपमान गरेका हुन्। लोकमानलाई महाअभियोग मार्फत हटाउनु पर्छ, सबैले भनिरहेका छन्। तर लोकमानलाई अख्तियार प्रमुखमा प्रस्ताव गर्नेहरुलाई के गर्नु पर्छ खैं नेपाली बोलेकोरु त्यसैगरी सार्वजनिक विदा दिने निर्णय लोकमान प्रकरणभन्दा बढी राष्ट्रघाति र सामन्तवादी निर्णय हो। तसर्थ नेपाल बचाउन र स्वाभिमानी नेपाली बन्न यी दुईटै कुराको प्रस्ताव प्रचण्ड सामन्तवादको अन्त्य गर्न जरुरी छ।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट