coke Skip Ad >>

सुमोमा यात्रा गर्न ७ सय को टिकटमा एक हजार रूपैयाँ तिर्नुपर्ने!

चुनाव
  • Get News Alerts

अहिले नेपाल सरकारले लामो दूरीमा चल्ने सबैखाले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न तथा तोकिएको भन्दा बढी भाडा नलिन सम्बन्धितलाई कडा निर्देशन दिएको भन्ने समाचारहरु सुन्न र पढ्न पाइन्छ।

विशेष गरी काठमाडौंको बल्खुस्थित सुमो सेवाका काउण्टरहरूले दसैंको समयमा यताबाट मात्र यात्रु ओसार्नुपर्ने र उताबाट खाली फर्किनुपर्ने भन्दै टिकटमा तोकिएकै मुल्य उल्लेख गर्ने तर यात्रुबाट थप रकम लिने गरेका छन्। मैले काठमाडौंबाट सर्लाहीसम्म जानको लागि रू ७०० दरका टिकट काटेँ। तर मैले ७०० अंकित टिकटमा १ हजार रूपैयाँ तिर्नुपर्‍यो।

दसैंको समयमा जसरी भए पनि आफ्नो गन्तव्यमा पुग्नुपर्ने भएकाले मैले निरीह बन्दै १ हजार रूपैयाँ तिरेँ। सरकारको भरपर्ने हो भने दसैं नै मान्न घर जान नपाउने हो कि भन्ने चिन्ता बढेर म जस्ता अधिकांशा यात्रुले ३०० बढी पैसा तिरेर टिकट काटिरहेका छन्।

धेरैजसो सुमोले सिट क्षमताभन्दा बढी यात्रुसमेत निस्फिक्री बोकेर हिँडिरहेका छन्। बाटोमा ५ भन्दा बढी चेकिङ पोइन्टहरु भेटिन्छन् तर त्यहाँ रहेका ट्राफिक तथा गाडीका स्टाफहरुबीच खासखुस के के कुराकानी हुन्छ विना रोकटोक ती गाडीहरु गन्तव्यतर्फ छाडिन्छन्, यात्रुहरु एकपटक यात्रा गर्ने त हो नि भन्दै तै चुप मै चुप भइरहेका छन् नेपालको कानून दैवले जानुन्।

बज्र बस्नेत,

चन्द्रागिरि– १३, काठमाडौं

[email protected]

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट