वीरगञ्जबाट स्वास्थ्य मन्त्री थापालाई पत्र

  • Get News Alerts

स्वास्थ्य मन्त्री गगन थापाज्यू,
तपाईंको चरित्र, जोश जाँगर तथा कर्मठ परिर्वतन सबैलाई ज्ञात छ।
 
हाम्रो देशमा व्याप्त माफियातन्त्र राजनीतिदेखि चिकित्सा क्षेत्रसम्म पुगेको छ। चिकित्सक नै किन न होस्,त्यसको पोषणकर्ता सरकार, राज्य, नेता, कर्मचारीतन्त्र नै हो। कोही महाबली नै किन न होस् तपाईं र तपाईंको सत्चरित्र, इच्छा शक्ति तथा अडिग आत्मविश्वासको अगाडि घुँडा टेकेर लज्जित र परास्त हुने छन् भन्ने विश्वास हामीलाई छ। हामीलाई विश्वास छ, तपाईंले भ्रष्टाचार र बेथितिहरूलाई जरादेखि नै उखालेर फ्याँक्न कुनै कसर राख्नु हुने छैन खासगरी स्वास्थ्यको क्षेत्रमा। किनभने आम नेपाली जनताको पहिलो सरोकार नै स्वास्थ्य रहेको छ।
 
देशभरिका सरकारी अस्पताल जहाँ आम निमुखा नेपाली जनताले सित्तैमा औषधी उपचार पाउनु पर्ने हो  तिनै स्वयं रोगी र जीर्ण भएर बसेका छन्। राज्य, नेता, स्थानीय गुण्डा तथा माफियाबाट अनैतिक रूपमा परिचालित तथा राजनितिक खेलको मैदान भएको छ। ती अस्पतालको उत्थान तपाईँकै पहलमा अति आवश्यक भइसकेको छ।
 
वीरगञ्ज नेपालको मेरुदण्ड हो, उद्योग, व्यापारको थलो हो। तर, यहाँको नारायणी उपक्षेत्रीय अस्पताल, जो देशकै ठूलो पुरानो अस्पतालमध्ये एक हो। त्यसलाई निरोगी पार्न यसलाई माफियाको महारोगबाट छुटकारा दिलाउन, निमिट्यान्न पार्न सादर अनुरोध गर्दछु। तपाईं आफैंले अग्रता लिएर यहाँ आएर यथार्थ बुझी यसलाई व्यवस्थित गरी दिन हुन हार्दिक आग्रह गर्दछु। सर्वप्रथम यहाँका स्थानीय अस्पताल माफियाहरूको पन्जाबाट छोडाउनु पर्नेछ। नेताहरु पनि यसमा लिप्त छन् केही अपवाद बाहेक।
 
चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा यिनका सहयोगी र आसेपासेलाई तह लगाउनु पर्नेछ। देशमा नक्कली प्रमाणपत्र भएका नक्कली चिकित्सकहरु भेटिएका छन्। त्यसमा यो ठाउँ पनि अछुतो छैन। तिनीहरूलाई पनि कडा कारबाही जरुरी छ। अब उपरान्त कुनै गरीब जनताले उपचार गर्न नपाएको समाचार बाँकी नरहोस्।
 
जनताको लागि दिइएको निःशुल्क उपचार सेवा सुविधा औषधी बेचेर खाने तथा अनिमियतता गर्नेमाथि कडा कारबाही होस्। सरकार र राज्यबाट नयाँ भवन निर्माण, पुरानोको मर्मत, शौचालय, फर्निचर, उपकरण, नयाँ सेवा सुविधा इत्यादि आवश्यक छ। केही पुराना कर्मचारी, जो वर्षौंदेखि बेथितिलाई बढवा दिइरहेका छन्, तिनीहरूलाई नियमानुसार सरुवा गरिनु आवश्यक छ।
 
मन्त्रीज्यू, तर, यो काम सरल छैन।  यहाँका बेथितिका ठेकेदारले तपाईंको शक्ति र धैर्यको कठिन परिक्षा लिनेछन्। तपाईं र तपाईंको निष्ठा, आत्मस्वाभिमानलाई पटकपटक ठेस पुर्याउने छन्।
यहँको सुधार र परिवर्तन सरल र सहज छैन किनभने यो वीरगंज होइन बिगडलगंज हो। यहाँ तपाईंको विजय कठिन छ तर असम्भव होइन।
 
                                                                         वीरगंज १४, श्रीपुर।
 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मुस्कान मिठो मिर्साको! मुस्कान मिठो मिर्साको!

    बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

    शुरेन्द्र राना

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट