प्रधानमन्त्रीज्यू! त्यो विदेशी सुटमा भाँदगाउँले टोपी कस्तो फ्यूजन हो?

  • Get News Alerts

सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यू,

नमस्कार,
बेला बेलामा तपाईंलाई खुला पत्र लेखिरहन्छु। तपाईलाई मात्र हैन, नेपालका धेरै शीर्ष नेताहलाई खुला पत्र लेखिसकेको छु। यसो गर्नु मेरो रहर हैन बाध्यता मात्र हो। नागरिकले गर्ने खबरदारी हो, किनकि लोकतन्त्र पछि नागरिकले पाएको यही एउटा लेख्न र बोल्न न हो। त्यही अधिकारको शालीन उपयोग गरिरहेको छु।

म तपाईंहरुले रचेको जनयुद्दको चर्चा गर्दिन।

जनयुद्द जे जस्तो भएपनि गणतन्त्र पश्चातको यो नेपाली आकासमा छाएको शान्तिका मधुर किरण प्रति अझै पनि आशावादी छु। अझै पनि राजनीतिले नै देश बनाउँछ भन्ने विश्वास छ मलाई।

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपाली राजनीतिमा तपाईंको योगदानलाई म नजर अन्दाज गर्न चाहन्न। घर डढाएपछिको खरानीको त काम लाग्छ भने तपाईं त जनताका प्रतिनिधिले पत्याएको प्रधानमन्त्री। त्यो पनि देशको कार्यकारी प्रमुख। तपाईंबाट तपाईंका विरोधीले त धेरै कुरा सिक्न सकेका छन् भने म त तपाईंको व्यक्तित्वको फ्यान नै हो। आफूले मन पराउने मान्छेले भरसक कमजोरी नगरोस् भन्ने लाग्ने रहेछ। मलाई पनि त्यस्तै लाग्यो अनि खुला पत्र लेखेँ। 

तपाईं कुन परिस्थितिमा प्रधानमन्त्री हुनु भयो, त्यो कुरा मैले कोट्याउन जरुरी ठान्दिन। तपाईंले के के कुरा पूरा गर्ने प्रतिवद्दता गर्नुभयो, त्यो पनि म महत्वपूर्ण  ठान्दिन। तर, तमाम अनपढ र गरीब भएको हाम्रो देशका साधारण जनताले समेत खुट्याउन सक्ने एउटै कुरा मलाई पनि चित्त बुझेन, जसलाई म तपसीलमा लेख्न चाहन्छु। 

म बिषय वस्तुमा प्रवेश गर्न चाहन्छु: तपाई प्रधानमन्त्री हुनुभयो र सपथ ग्रहणमा जानुभयो। ईश्वरका नाममा तपाईंले सपथ खानुभएन। ठिकै छ तपाईं भौतिकवादी नै हुनुहुँदो रहेछ।

रह्यो कुरा जनताको नाममा कसम खाने: त्यो त आफ्नो छातीमा हात राखेर सोच्नुहोला जनताका लागि के के गर्नु भो भनेर! 

यी कुरा अहिलेको विषयवस्तु होइन। अहिलेको मेरो प्रमुख चासोको विषय भनेको तपाईंको पहिरन हो। दौरा सुरुवाललाई सामन्तीको पोशाक भनेर तपाईंले सपथ ग्रहणमा त लगाउनु नै भएन र भारत भ्रमणमा पनि लगाएको देखिएन।

तपाईं १२५ जनाभन्दा बढीको जम्बो टोली लिएर भ्रमणमा जानुभएको रहेछ। सबैको चित्त बुझाउन राज्यकोषबाट २२ करोड बढी खर्च गर्नुपर्‍यो होला। अरु प्रधानमन्त्रीले पनि गरेकै हुन्। तपाईं मात्रै किन पछि पर्ने? तर त्यति धेरै भ्रमणदल जाँदा पनि म खुशीले गदगद् भएँ, किन थाहा छ? तपाईंकै पछि पछि जानेमध्ये धेरैले दौरा सुरुवाल लगाएका थिए। तर, मेरो आशाको केन्द्रविन्दु राष्ट्रको कार्यकारी, जनताले सबैभन्दा नजर राखिरहने तपाईं जस्तो शालीन मान्छे सुटबुटमा सजिएर हाँसको बथानमा बकुल्लो देखिँदा मन भत्भति पोलेर आयो। अझ तपाईंको सुटमा भादगाउँले टोपीको कम्बीनेसन हेर्न लायक देखिएको छ।

अर्को पट्टि हेरेँ भारतीय प्रधानमन्त्री मोदी कुर्ता पाईजामामा थिए। मैले बुझ्न सकिन: त्यो विदेशी सुट पाईन्टमा भादगाउँले टोपी के को पहिचान हो? कस्तो फ्यूजन या क्रम भंग हो? 

हुन त सामाजिक संजालमा प्रधानमन्त्रीको भन्दा प्रधानमन्त्री पत्नीले बस्दा उठ्दा र अन्य गतिविधिमा समेत आफ्नो ईज्जत राख्न सकिनन् भन्ने टिप्पणी आइरहेका छन्।

तर मेरो गुनासोको केन्द्रबिन्दु भनेको तपाईंको पहिचान बिनाको पहिरन हो। तपाईंको पोशाकमा न पहिचान छ, न त आर्थिकरुपमा मितव्ययीता, न नेपालको प्रतिनिधित्व गर्ने कुनै अंश। मलाई तपाईं नै बुझाइदिनुहोस् यो कस्तो पहिचान हो प्रधानमन्त्रीज्यू ? 

नेपालका सबै प्रधानमन्त्री दिल्ली जाने कारण सबै जनताले जानिसकेका छन्। देशलाई अर्थदेखि राजनीतिसम्म अस्थिर र परनिर्भर बनाउँदै सधैँभरि हिरा दिने र फलाम लिने होडबाजीमा तपाईंले के लिनुहुन्छ र के दिनुहुन्छ हेर्दै गरौँला।

तर पहिचानको नाममा विदेशीको पोशाक लगाएर नेपाल र नेपालीको अपमान नगर्नुस्। तपाईंलाई दौरा सुरुवाल लगाउन मन नलागे मधेसमा लगाईने धोती र कुर्ता वा हिमालमा लगाउने बख्खु लगाउन सक्नुहुन्छ नि। पूरा नेपालको नहोला तर नेपालको एउटा क्षेत्रको पहिचान त हो।

अन्तमा,

तपाईंको भारत भ्रमण फलदायी रहोस्। देशलाई अहित हुने सन्धि सम्झौता गरेको सुन्न नपरोस्। तर यी सबैका बीच नेपाली पोशाक लगाउँदा तपाईंको उचाई घट्ने छैन बरु बढ्ने छ।

 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट