देश त लोकमानले चलाएका रहेछन्

  • Get News Alerts

आठौं आमरण अनसनपछि पनि सरकारले सम्झौता कार्यान्वयन नगरेपछि डा.गोविन्द केसीले असोज ३ गते नवौं अनसन सुरु गर्ने घोषणा गर्ने छन्। अहिले उनी दुईदिने नि:शुल्क स्वास्थ्य शिविर चलाउन रोल्पा पुगेका छन्।

यो संयोग हो, त्यही रोल्पालाई उद्‌गम स्थाल बनाएर सुरू भएको सशस्त्र संघर्षका सुप्रिम कमान्डर पुष्पकमल दाहाल उर्फ प्रचण्ड प्रधानमन्त्रीको भएका छन्, अनसन सुरु हुनुअघि डा.केसी त्यही रोल्पामा छन्।

रोल्पाबाट शनिबार काठमाडौं फर्किएपछि उन नवौं अनसनमा बस्ने छन्। यो समय प्रधानमन्त्री दाहाल भारत र अमेरिका भ्रमणमा व्यस्त हुनेछन्।

रोल्पा यात्राले डा. केसीलाई लडाईंमा दरिलो गरी उभिन आत्मबल दिने देखिन्छ। उनी भन्छन्, ‘जब म दुर्गम गाउँ पुग्छु, मलाई त्यहाँको गरीबी र स्वास्थ्य समस्याले पीडा दिन्छ। देशको गरीबी प्रति उदासिन बन्दै बर्षौंदेखि सुतेका नेता सम्झेर आक्रोश बढ्छ। अनि,नेपालभरीका गरीब जनताले गुणस्तरीय स्वास्थ्य सेवाको पाउनुपर्छ भन्ने संकल्प गरेर म सत्याग्रहमा होमिन्छु।'

उनी भन्छन्, 'राज्यले बिर्सेका गरिब नेपालीहरूको दू:खअगाडि मेरो जीवनको कुनै फरक मूल्य छैन।'

अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोगको माग उठाएर जब डा. केसी आठौंपटक अनसन बसे, त्यसले ठूलो राजनीतिक तरङ्ग पैदा गर्यो। आठौं अनसनले नेपालका राजनीतिक दल र शीर्ष भनिएका नेतृत्वको वास्तविक अनुहार उदाङ्गो बनाइदियो।

अहिले राजनीतिक दलहरुले आफ्नो विगत बिर्सिएका छन्।अहिलेका सभामुख र उपराष्ट्रपतिको घर रोल्पा हो तर रोल्पा र रोल्पाजस्तै पिछडिएका क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न बारम्बार आफ्नो ज्यानलाई मृत्युको मुखमा पुराएका डा. केसी उनीहरूकै लागि आँखाको तारो बनेका छन्।

जुन राजनीतिक दलले नि:शुल्क स्वास्थ्य र शिक्षाको सपना बाढ्दै हजारौँ युवालाई युद्धमा होम्यो, आज त्यहि दल स्वास्थ्य क्षेत्रका माफियाको कब्जामा पर्दै गएको छ। उनीहरूलाई डा. केसीजस्ता निष्ठावान व्यक्ति होइन, लोकमान प्रवृत्ति प्यारो भएको छ। कांग्रेस र एमाले त यो बाटोमा धेरै पहिलादेखि नै हिडिरहेका थिए। कांग्रेस-एमाले त लोकमान प्रवृतिको संस्थापक नै हुन्।

राजनीतिक दल र नेतृत्वमा संस्थागत बन्दै गैरहेको अपारदर्शिता र गैरजिम्मेवारीपनले आज तीन करोड नेपालीको स्वास्थ्यको अधिकार कुण्ठित हुँदै गएको छ।

अख्तियार प्रमुख कार्कीले आफ्नो परिवार र नातेदारको स्वार्थका लागि खुलेआम पटकपटक गरेका गैह्रसंवैधानिक हर्कतविरुद्ध एक शब्द बोल्न नसक्ने सांसदहरू नैतिक रुपमा कति लाचार र कमजोर बनेका छन्, त्यो उनीहरुलाई नै थाहा छ। सर्वोच्च अदालतले लोकमान नियुत्तिको सक्कली फाइल माग्दा भूकम्पमा हरायो भनेर जवाफ पठाउनु पर्ने अवस्था आउनु राजनीतिक दल अनि नेतृत्वमा चुलिएको निकम्मापनको चरम पराकाष्ठा हो ।

पहिला हल्लाजस्तो मात्र लाग्दथ्यो तर सत्य रहेछ: देश त लोकमानले चलाएका रहेछन्।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट