प्रधानमन्त्री ज्यूको आसन्न भारत भ्रमण दललाई बेलौरीको खुलापत्र

skoda
  • Get News Alerts

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहालज्यू ! माननीय मन्त्रीज्यूहरु ! विभिन्न विधा र क्षेत्रका विशिष्ट व्यक्तिहरु ! भ्रमण सफलहोस् ! फलदाई रहोस् ! 
प्रधानमन्त्री एवं मन्त्रीज्यूहरु !
 
भ्रमणको तयारीको सिलसिलामा गरिने सम्वाद र सम्झौताका विषयहरु, प्रस्तावहरु प्रकाशमा आईरहेका छन्। खासगरी राष्ट्रिय महत्वका आयोजनाहरुमा हुलाकी सडक, पश्चेश्वर बहुद्देशीय परियोजना आदि बढी नै चर्चामा आएका छन्। प्रकाशमा नआएका कतिपय कुटनितिक विषय पनि होलान्। कतिपय आयोजना त्यति चर्चामा नआएका पनि सम्वाद र निर्णयमा पुग्न सक्दछन्। 
 
पूर्व, पश्चिम र दक्षिण ३ तिर सीमाना जोडिएको नेपाल भारत सम्बन्ध भौगोलिक मात्र नभएर धार्मिक, सामाजिक, साँस्कृतिक, आर्थिक, परम्परागत एवं ऐतिहासिक महत्वको छ।
 
पूर्व पश्चिम ८०० कि.मि. भनिए पनि कञ्चनपुरमा महाकाली (शारदा) नदीको ब्यारेज भन्दा केही तल केही माथिसम्म नदी वारी पनि भारत र त्यसैगरी दोधारा चाँदनी पुरै नगरपालिका नदी पारी भएकाले स्थलगत (दशगजाबाट छुट्याईएको) सीमानाको लम्बाई मोटामोटी ८५० कि.मि. लामो मैदानी सीमा ईलाकामा नाँका भन्सारहरु छन्। जहाँबाट भारतसित र तेस्रो मुलुक सँग व्यापार गरिन्छ। कतिपय ठाउँहरुमा पुराना नाँका भन्सारको स्तर घटाइएको छ। जसले गर्दा चली आएको वाणिज्य व्यापार ह्रास भएको छ। यातायात सेवा अत्यन्त असहज बनेको छ। 
 
यस्तै असहज अवस्था “बेलौरी” भन्सारको छ। १५७ वर्ष पहिले संचालनमा आएको बेलौरी नाँका भन्सार २०१९ सालमा बेलौरीबाट जिल्ला सदरमुकाम विस्थापित हुँदा छोटी भन्सारमा परिणत भएको छ। ४ विघा ७ कट्टा (२९,०३६ व.मि.) दर्ता जग्गा तथा केही पर्ति जग्गामा समेत भोगचलन रहेको भन्सारका दुईतले २ वटा र एकतले १ गरी ३ वटा भवन छन। 
 
पूर्व पश्चिम राजमार्ग सित जोडिएको ३० कि.मि. लामो जिल्लाको एकमात्र उत्तर दक्षिण सहायक राजमार्ग (कलुवापुर–बेलौरी) भन्सार परिसर भएर आधा कि.मि. पर भारततिरको २८ कि.मि. लामो खजुरिया पुरनपुर सव हाईवेसँग मिलेको छ। यहाँ किनमेल गर्ने, व्यापार गर्ने, पर्यटन गर्ने, रोजगारी गर्नेहरुको बिहान देखि राती अवेर सम्म घुइचो लागेको हुन्छ। सीमानामा कुनै नदीनाला र जंगल छैनन्। सीमा विन्दु सम्म नै घना आवादी छ। सीमा विन्दुदेखि एक कि.मि.को दुरीमा खजुरिया बजार छ। जहाँबाट लखनौ (२५० कि.मि.), कानपुर (३३० कि.मि.), दिल्ली (४०० कि.मि.), बरेली (११० कि.मि.) का साथै गोरखपुर, मुरादावाद, रुद्रपुर आदि प्रमुख शहरहरुसित सिधा यातायात सेवा सहज र सुलभ छ। 
 
सीमा विन्दुबाट ३ कि.मि. उत्तर बेलौरी बजार बेलौरी नगरपालिकाको केन्द्र बनेको छ। कञ्चनपुर जिल्लाको महेन्द्रनगर पछिको ठुलो बजार बेलौरीको मध्यभागमा इतिहासको चन्द्रगढी–बेलौरी हुलाकी मार्ग र हालको हुलाकी सडकको मिलान भएको छ। बेलौरीबाट धनगढी शहर २५ कि.मि. पूर्व, महेन्द्रनगर ४५ कि.मि. उत्तर पश्चिम र नवोदित शहरोन्मुख बजार अत्तरीया ४० कि.मि. पूर्व उत्तरमा छन्। 
 
सीमाविन्दुमा एस.एस.बी चेकपोष्ट बसे देखि खासगरी ५ वर्ष यता देखि ४ कि.मि.को सेरोफेरोमा रहेको बेलौरी बजार र खजुरियाका लागि चारपाङ्गे गाडीको अनुमति नभएका कारणले एम्बुलेन्स सेवा समेत अवरुद्ध भएको छ। कष्टम परमिटको लागि गौरीफन्टा गाडी घुमाएर २५+३६+३६= ९७ कि.मि. एकै तर्फको दुरी पार गर्नु पर्दछ। सताब्दी बढी समय देखि सहजताको साथ चलीरहेको बेलौरी भन्सारको कारोबार परिवर्तित भन्सार व्यवस्थापनका कारण निस्क्रिय प्रायः हुन आएकोले वारीपारीका लाखौ जनता मार्कामा परेका छन्। दर्जनौ बजारहरुको व्यापार व्यवसाय संकटमा परेको छ। 
 
प्रधानमन्त्री ज्यू ! 
बेलौरी आउँदा जनतासँगको भेटघाटमा होस् वा कतिपय आमसभामा सम्बोधन गर्दा सम्माननीय पूर्व प्रधानमन्त्री ज्यूहरु, राजनैतिक दलका नेताज्यूहरु, सर्वमान्य नेताज्यू समेतले पटक पटक बेलौरीको प्रशंसा गर्दै, विकासका प्रचुर सम्भावनामा प्रकाश पार्दै सदरमुकाम विस्थावित भएको प्रसंग उजागर गर्दै यहाँको विकास र समृद्धिका लागि गरेका कबुलहरु, आश्वासनहरु, झुटा नहोउन भनि यहाँका जनता अत्यन्त चिन्तित छन्। 
 
७ नं. प्रदेश (साविका सुदूर पश्चिम) को दक्षिण तर्फको बेलौरी मूल प्रवेशद्वार बन्न यहाँको भौगोलिक, ऐतिहासिक, औद्योगिक, धार्मिक, सामाजिक, पर्यटकीय, आधारहरुको सार्थक उपयोगका लागि बेलौरी भन्सार नाँका भन्सारमा परिणत गर्न आवश्यक छ। 
 
निस्कृय एवं अघोषित नाँका भन्सारलाई बैधानिकता दिन दुवैतर्फका जनता र जनप्रतिनिधिले प्रयास गर्दै आएका छन्। बेलौरी–खजुरिया नाँका भन्सार स्वीकृतीका लागी नेपाल सरकार परराष्ट्र मन्त्रालयले २०७१ साउन (अगस्त २०१४) मा भारत सरकारलाई अनुरोध गरेको र त्यसै गरी भारत खजुरिया क्षेत्रका जनता र जनप्रतिनिधिबाट औपचारिक प्रयास भइरहेका समाचारहरु अनौपचारिक रुपमा थाहा भएको छ। 
 
प्रस्तावित एजेण्डाहरु पारित होउन ! २८०३९” उत्तरी अक्षांश (ल्ी) र ८००२०” पुर्वीदेशान्तर (भ्ी) स्थित बेलौरी भन्सारले नाँका भन्सारको बैधानिकता प्राप्त गरोस्। यही आग्रह, अभिलासा र विश्वासका साथ भम्रणको पूर्व सन्धायामा हार्दिक शुभकामना ! 
केशवराज जोशी र मित्रवर्ग
बेलौरी, कञ्चनपुर, ७ नं. प्रदेश 
२०७३ भदौ २६ ( ११ सेप्टेम्बर २०१६) 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन? के हामीलाई हयाण्डसम केटा हेर्न मन लाग्दैन?

    केटा मानिसको डिम्पलको वर्णन किन कसैले गर्न सकेनन्? केटाको गालामा भएको कोठीले म भुतुक्क भएँ भन्ने चर्चा किन कोही नारीवादी साहित्यकारले समते गरेनन्? मलाई थाहा छ यी तमाम मेरा प्रश्नहरुको उत्तर हामी सबैसँग छ। र त्यो उत्तर हो –केटा मानिस हेर्ने पात्र हो र हामी स्त्री जाति हेरिने पात्रका रुपमा समाजमा स्थापित छौं। हेर्ने पात्रले आफूलाई हेर्न चाहेको दृश्य वर्णन गरिदिए पुग्छ तर हेरिने पात्र तदअनुरुप बन्नुपर्छ। हेर्ने पात्रले चाहेको के हो त्यही जस्तो बन्न अभ्यास गर्नुपर्छ, नजानेको भए सिक्नुपर्छ ।

    शितल दाहाल

  • 'म मर्दा एक दिन बिदा हुन्छ हो?' 'म मर्दा एक दिन बिदा हुन्छ हो?'

    साँच्चै, हामी मर्दा कसैलाई केही फरक परेन भने हामी त कोहीसँग रिसाउन वा दु:खी हुन पनि नपाउने रहेछौं। जीवनभरि आशैआशमा बाँच्न बानी परेका हामी मृत्युबाट पनि आस गर्दा रहेछौँ है?

    नवराज पराजुली

  • दन्त्यकथा रिटर्न्स दन्त्यकथा रिटर्न्स

    १५ पाथी मकै किन्न हिँडेको हर्कमान बाटोमा कसैसँग भेटे नबोली हिँड्न सक्दैन। बगरको बाटो एक्लै काट्न दिक्क लागिरहेको बेला एकजना मान्छे आइपुग्छ। तर ऊ मरिकाटे बोल्ने हैन। भाइ, दाइ र हाकिमको सम्बोधनले बोलाउँदा पनि ऊ नबोलेपछि अन्ततः हर्कमान त्यो मान्छेलाई गुरू थाप्न तयार हुन्छ। तर गुरू एकचोटी बोलेको एक रुपियाँ लिने सर्तमा मात्रै बोल्न तयार हुन्छ।

    सौरभ कार्की

साहित्यपाटी

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

  • वृद्धाश्रमको एउटा कथा वृद्धाश्रमको एउटा कथा

    म मेरो जीवनभरिको सपना
    उपहार दिन चाहन्छु तिमीलाई!
    म आज तिमीलाई सुनाउन चाहन्छु यो कथा!
    तिम्रो देश यतिखेर बृद्धाश्रम बनिरहेको छ!
    तिम्रो देशका हरेक घरहरु
    रोइरहेका बृद्धाश्रम बनिरहेका छन् आज!
    तर म तिमीलाई
    मेरो समयको अर्कै कथा सुनाउन चाहन्छु!

    विप्लव ढकाल

  • लुरी केटी लुरी केटी

    काकीले कथा सुनाउँदा ती हजारौँ सेता परीहरुमा ऊ आफूलाई पनि कतै उभ्याउँथी। परीहरुसँगै आकाशबाट सेता हाँसमा चढेर धरतीमा ओर्लन्थी। सेतो फ्रक लगाएर, जादुको छडी बोकेर खिसिक्क हाँस्थी। सँगसँगै काकी पनि हुन्थिन्। आन्टी पनि उस्तै राम्री थिइन्। सेता लुगा लगाउँदा ठयाक्कै परीजस्तै देखिन्थिन्। बेला–बेला काकीले सेता कोट लगाएर सेतो घोडा चढी परीलाई लिन राजकुमार आएको कथा सुनाउँथिन्। यस्तो सुन्दा लुरीलाई बिछट्टै लाज लाग्थ्यो।

    विनिता बराल

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट