स्वास्थ्य मन्त्रीज्यू! सुरूवात यहाँबाट गर्नुहोस्

skoda
  • Get News Alerts

माननीय गगन थापाज्यू, तपाईँको जल्दाबल्दा  जनसरोकारका मुद्दामा राम्रो  जानकारी राख्ने अनि यथेस्ट तथ्यांक याद गर्ने खूबीको कारण विशेष गरी युवापुस्तामाझ तपाईँ निकै लोकप्रिय राजनीतिज्ञ हुनुहुन्छ। तर समय फेरिएको छ र  अब तपाईँ केही कुरा भन्ने, अरूले गरेको काममा प्रतिक्रिया दिनेभन्दा पनि जनताको मन छुने कार्यक्षमता प्रस्तुत गर्नुपर्ने पदमा हुनुहुन्छ- स्वास्थ्य मन्त्रीको।
 
तपाईले पदभार ग्रहण गरेको केही दिन भित्रै एउटा महत्वपूर्ण घोषणा गर्नुभएको छ - स्वास्थ्य क्षेत्रमा  सुधार ल्याउने उद्देश्यका साथ १०० दिने  विशेष  कार्ययोजना  तयार गरेर लागू गर्ने। सुन्दा निकै आनन्द लाग्ने अनि हामी जनताको  मनमा अब त केही सुधारको अनुभूत गर्न पाइने आशाको  तीब्र संचार गराउने यस्ता घोषणा यसअघिका लगभग सबै मन्त्रीहरूले गरिसकेका छन्।
 
अवस्था कस्तो छ भने आफ्नो स्वास्थ्य समस्याहरुको पहिचान अनि निराकरण गर्ने क्रममा झुक्याईएको, ठगिएको साथसाथै कहिलेकाही त थर्काइएको पनि चुपचाप सहन जनता बाध्य छौ। किनभने हाम्रो शासनप्रणाली हाम्रा आधारभूत सेवा सुविधा सुनिश्चित गर्ने प्राथमिकताका साथ लागेको महसुस गर्ने अवसरबाट बञ्चित छौं। स्वास्थ्य सेवालाई स्वास्थ्य बजारमा रुपान्तरण गराइएको छ। जसमा सरकारी अस्पतालहरु पनि कटिबद्द देखिएका छन्।
 
जनतालाई साच्चिकै सुधार महसुस गराउन १०० दिने बिशेष कार्ययोजना लागू गर्न लाग्नुभएको हो भने जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने अनि जीवन मरणसम्म असर राख्ने निम्न दुई  समस्या तत्काल सम्बोधन  गर्नुहोला।
 
१.  सरकारी अस्पतालहरुको दुरावस्था  
 
जिल्ला अस्पतालहरुको अवस्था निकै नाजुक  छ। एक तर्फ  दरबन्दीभन्दा निकै कम डाक्टर कार्यरत छन् भने अर्कोतिर डाक्टर भए पनि आवश्यक उपकरण छैनन्।
 
कतिपय जिल्ला अस्पतालमा 'एक्स रे मेशिन' समेत नभएर बिरामीहरु 'ठूला' सहरमा जानुपर्ने वाध्यात्मक अवस्था छ। २ सय रूपैया लाग्ने एउटा एक्स रे गर्न २ हजार रूपैया खर्चिनु परेको छ।
 
मन्त्रीज्यूले  गर्ने पहिलो अस्पताल अनुगमन राजधानीमै रहेका कान्ति बाल अस्पताल वा त्रि वि शिक्षण अस्पतालमा होस जहाँ इमरजेन्सी उपचार पाउन समेत बेड संख्या पुग्दैन।
 
एउटा बेडमा दुई जना बिरामी राखेर उपचार शुरू गर्दा पनि बेड नपाउने कुरा चिन्ताजनक छ। नजिकै रहेको कान्ति बाल अस्पताल इमरजेन्सी बिभागको अवस्था त निकै दयनीय छ। एउटै बेडमा दुई जनासम्म राखेर उपचार थालिएका बच्चालाई अन्यत्र सारेपछि आफ्नो सिकिस्त बिरामी बच्चालाई डाक्टरसामू लग्ने पालो आउला भनेर लाइन लागेर ढोकामा कुर्ने अभिवावकहरुको पीडा सायद हामी सबैले महसुस गर्नसक्छौं।
 
त्यति गरेर बल्लतल्ल  पालो आएपछि डाक्टरले  आवश्यकता अनुसारका  पिसाब परीक्षण ( ७२ घन्टापछि रिपोर्ट आउने Urine Culture ) र  भिडियो एक्स रे (USG) भने  अनि सो दिन सरकारी बिदा वा सरकारी विदाको अघिल्लो दिनको कार्यालय समय पछि पर्‍यो भने त फसादै पर्छ।
 
यस्तै अवस्था मैलेनै अघिल्लो साता भोगेको हो। हामीले शुक्रबार परीक्षणका लागि दिएको पिसाब, रगत लगायतको रिपोर्ट आइतबार बिहान १० बजेसम्म कुर्नु परेको थियो।
 
अझ  रगतमा खराबी (Sepsis) को लक्षण देखियो भने एउटा जटिल परीक्षण गर्नुपर्दो रहेछ टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा जसको लागि रगतको नमूना लिन त्यहीका कर्मचारी हरेक बिहान १० बजेपछि आउँदा रहेछन्। तर, सो परीक्षण शुल्क तिर्न कुरूवा स्वयम् टेकु पुग्नु पर्ने बाध्यता रहेछ।
 
‍मन्त्रीज्यूलाई आग्रह - सक्नुहुन्छ भने ती जटिल रगत परीक्षण गर्ने व्यवस्था कान्ति अस्पतालकै प्रयोगशालामा मिलाउनुहोस नत्र कमसेकम टेकु पुगेर शुल्क तिर्नुपर्ने बध्यतालाई अन्त्य गर्नुहोस् र नमूना टेकु लैजादा शुल्क पनि बुझेर लैजान जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाई निर्देशन दिनुहोस्। इमरजेन्सी विभागको बेड क्षमता बढाउनु त अपरिहार्य नै छदैछ।
 
२.  सरकारी अस्पतालको नाफामुखी नियत
 
औषधि उत्पादक कम्पनीबिचको ब्यापारिक प्रतिस्पर्धा अनि मागियो भने औषधी किन्दा केही रकम छुट पाइन्छ भन्ने कुरामा जनता पनि केही हदसम्म जागरुक भएकाले औषधिको खुद्रा मुल्यमा केही छुटको चलन बसेको छ।
 
यसले थोरै भए पनि बिरामीलाई राहत दिएको छ। तर यो चलन पनि ठूला सरकारी अस्पताल बाहिर रहेका फार्मेसीमा (अस्पताल भित्र चाहि अस्पताल आफैले  फार्मेसी सञ्चालन गरेको भए)  मात्रै सिमित छ।
 
यस्तो हुनुमा सरकारी अस्पतालको दोष छ। कारण, तिनले आफ्ना सटर कबलबाट हुने आम्दानी (भाडा) लाई राम्रो श्रोत बनाएका छन्।
 
पछिल्लो समयमा सरकारी अस्पताल भित्रका फार्मेसी सञ्चालकहरुले निकै उच्च सटर भाडादर (वीर, त्रिवि शिक्षण लगायतमा त मासिक लाखौं रुपैया) तिरिरहेका छन् र पक्कै पनि नाफामै होलान्, घाटा लाग्ने गरी लाखौं भाडा तिरेर किन चलाऊलान र! यस्तो अवस्थामा औषधिमा छुट कहाँ पाउने?
 
मंत्रीज्यूलाई आग्रह-  सरकारी अस्पताललाई एउटा सेवामुखी नियमले बाध्नुहोस् - सटर भाडामा लगाउने बेलामा भाडा रकममा होइन छनोट हुनेवाला संचालक फार्मेसी चलाउन पाए भने बिरामीलाई औषधिको प्रकार हेरेर कति प्रतिशतसम्म छुट दिन सक्छन् भनेर बढाबढ गराउने व्यवस्था लागू गराउनुहोस्। उनीहरूले दिनसक्ने छुट प्रतिशतको जानकारी  सेवाग्राहीले देखने गरी उचित स्थानमा राख्न लगाउनुहोस्।  
 
अहिलेलाई यी दुइ वटा कुरा संबोधन गरेर यथाशीघ्र  जनताले गगन थापासंग राखेका अपेक्षा पूरा गर्ने जिम्मेवारी वहनको औपचारिक सुरुवात गर्नुहोस्। भोलिका दिनमा म जस्ता सयौंले यसरी नै आव्हान गर्नेछन् किनकी, तपाइँले गरेको सकारात्मक सुरुवातले जनतालाई तरंगित बनाउनेछ। तरंगित यस अर्थमा कि उनीहरूले दशकौं पछि आफ्ना समस्याहरुलाई सम्बोधन गर्ने राजनेता पाएका हुनेछन्।  

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट