युवाको मन बिसाउने चौतारी ‘मौनता’

skoda
  • Get News Alerts

पछिल्लो समय चितवन साहित्यमा निकै उर्बरभूमि बन्दै गइरहेको छ। हुन त यसअघि पनि चितवन साहित्यमा अगाडिनै थियो।

चितवनको साहित्यले मदन पुरस्कार समेत हात पारेका छन्। हालै मात्र प्रकाशित भएको चितवनका कवि सुमन घिमिरेको आख्यान 'मौनताले' पाठकको मौनतालाई तोडिदिएको छ।

पहिले कविताका माध्यमबाट चितवन जन्मिएका कवि सुमन घिमिरे हालै प्रकाशित भएको उनकै आख्यान 'मौनता'ले सफल आख्यानकार का रुपमा देश भरि नै चिनाउन सफल भएको छ ।

देशै भरि उपन्यास 'मौनता'को चर्चा चलि रहँदा आफू 'मौनता'नपढी बस्नै सकिन आख्यानकारकै हातबाट 'मौनता' लिएपछि सरासर घरमा आएर 'मौनता'भित्र पस्न खोजेँ। त्यही रमाएँ, कतै रोएँ अनि कतै माया प्रेम, मिलन , बिछोड़ र त्यो भन्दा पनि आख्यानमा सामाजिक बिषयवस्तुलाई जीवन्त पाएर।

समाज भित्रको मानविय संवेदनालाई सचित्र उतार्ने प्रयास गरेको पाएँ। समाजकै कथा वस्तुको एउटा प्रतिविम्बको रुपमा लिएँ।

गोर्खा पब्लिकेसनले प्रकाशन गरेको 'मौनता'भित्र दुई सय छब्बीस पेज रहे पनि कथा वस्तु निकै चाख लाग्दो भएकै कारण मलाई छोटो लाग्नु स्वाभावि हो। तर  उक्त आख्यान भित्र जे हुनु पर्ने हो त्यो सबै कुरा पनि छ।

फिल्मी तरिकाले सुरू भएको आख्यानमा अर्पणलाई मुख्य पात्रको रुपमा उभ्याएर आइटी सम्बन्धि टेक्नोलोजीको ज्ञान बर्णन गरिएको छ। अर्पण कै माध्यमबाट र समय पैसा र सम्बन्धलाई नचिनेर  आफ्नै कारणले आफैं धोका खाएकी शिला पात्रलाई सवाल र सक्षम बनाउन पनि उत्तिकै ठूलो भूमिका खेलेको छ।

विदेशमा रहेका आफ्ना पतिलाई भ्रममा राखेर आफू आख्यानमा खलनायकका रूपमा रहेको पात्र सुबिनसँग आफ्नो यौवन धन सुम्पिएर धोका पाएकी निरूलाई सुबिनको पन्जाबाट छुटाएर अफिसको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्ने बनाउँछ, त्यो भन्दा पनि आफ्नो गल्तीको बोध गर्न सक्नेसम्म बनाउँछ।

समाजमा धेरै थरिका मानिसहरु हुन्छन् कोही सेवामा बिलिन हुन्छन् कोही पैसा र समाजको भड्किलो बाटोमा हिड्ने जाँड, रक्सी खाएर परिवारलाई घर न घाटसम्म पुर्‍याउने पात्र हुन्छन् त्यस्तै यो आख्यान भित्र पनि यो कथालाई आख्यानकारले रानी पात्रको घर समावेश गरेका छन्।

वास्तवमा यहाँ नेर पनि आख्यानकारले वास्तविक कथालाई लिएर पाठकको मन तान्न्ना सफल बनेका छन्, जाँड, रक्सी, जुवाले सम्पत्ति सकिएपछि पैसासँग छोरीलाई सम्झौता गर्ने पुरूष रहेको कुरा यथार्थ चित्रण पनि गरेका छन्।

विदेशमा परेको बाध्यता रहर दुःख र सुखले निम्त्याइएको दुःखलाई चित्रण गरिएको छ भने कतै आख्यानकारले पुरूष पात्रलाई, महेश पात्रको रुपमा उभ्याएर ठूलो र महान बनाउन पनि खोजेका छन्।

उक्त पात्रको माध्यमबाट पुरुषलाई धैर्यवान, सहनशिलता र साहासको प्रतिमूर्तिको रुपमा देखाएका छन्। नारीले आफ्नो चरित्र आफैं हत्या गर्न सक्छे त्यसमा समाज र कुनै पुरुषको दोष बिना नै आफू हदैसम्म पार गर्न सक्छे भन्ने पाठकलाई दिन खोजिएको छ। सोसँगै नारीको मन कुनै दिन परिवर्तन हुन सक्छ गल्तीको महसुस गर्नसक्ने पनि हुन सक्छन् भन्ने कुरा शिला पात्रद्वारा दिन खोजिएको छ।

आख्यान भित्र भिन्न भिन्न कथालाई समेटिएको छ। जहाँ नारीलाई कमजोर सम्झिएर फाइदा लिने पुरूषहरू पनि देखाइएको छ। नारीले चाहेको खण्डमा जस्तो सुकै सामाना गर्न सक्छे भन्ने कुरा उठान गर्न पनि खोजिएको छ। 'मौनता' भित्र पुरूषलाई माथिनै राखे पनि पुरुषका कैयौ कमीकमजोरीलाई औल्याइएको छ।

पुरूषले जस्तो सुकै अवस्थामा पनि आफ्नो जिम्मेवारी बहन गर्न  सक्छ भन्ने कुरा आख्यानका पात्र महेसद्वारा पुष्टी गरेका छन्। नेपालबाट आएकि  एक्ली चेली सम्झेर आफू नखाएरै पढायो र, श्रीमतीसम्म पनि स्वीकार्यो मान इज्जत, पैसा सबै कमाउनेसम्म बनाइदिन्छ पछि उसैबाट तिरस्कृत बन्छ, पाखण्डी बन्छ घृणित बन्दा पनि छोराको भविस्यलाई हेर्दै सम्बन्ध बिच्छेद हुँदासम्म शिलाको जीवन उकासिरहेको हुन्छ।

'मौनता'भित्रको प्रेम प्रसङ्गले आख्यानलाई रोचक बनाएको छ।

अर्पण र रानीको छुट्टिएको प्रेम कहानी पछि फेसबुकको माध्यमबाट समर्पण र मौनतालाई जन्माएर संयोगवस भेट गराउँछन्।

आख्यान बियोगात्मक रुपमा बिट मारेको भए त्यति रोचक नहुने थियो यो आख्यानकारको कला र चलाखीपन पनि हो।

विदेशको कथा जोडिसकेपछि बिदेशमा नेपालीले भोग्नु परेको पिँडाको थोरै प्रसङ्ग बढाएको भए विदेश प्रतिको मोह नेपालीको थोरै कम हुन्थ्यो कि भन्ने मात्र हो।

आख्यानको सुरूमै अर्पण पात्रको माध्यमद्वारा बिदेशमा भन्दा स्वदेशमा धेरै राम्रो छ गर्न सके स्वदेशमा केही गर्न सकिन्छ भन्ने कुरा दर्साए पनि अन्त्यमा अर्पण र रानीलाई आख्यानमा विदेश नै गएको देखाईदिँदा कलिक खल्लो महसुस भएको छ।

बिदेशमा कैयौ नेपाली छन्। जो सुखले भन्दा अभावले बाँचेको र नेपालीले पाएको पीडाहरु धेरै रहेको र विदेशभन्दा स्वदेश नै ठीक रहेको आफ्नो मातृभूमि प्यारो हुने कुरा देखाएर रानी र अर्पणलाई नेपालमै रोक्न सक्नुपर्थ्यो। आख्यानमा नारीलाई निकै गिराएको देखिन्छ शिलापात्रका माध्यम द्वारा त्यो पनि अलिकति कम गरेको भए हुन्थ्यो। जे होस् गल्तीको महसुस भने गराएको छ आख्यानले।

वास्तवमा ‘मौनता’ निकै रोचक घतलाग्दो आख्यान छ समाजमा रहेका बिकृति,विदेशप्रतिको मोह बिदेशमा भोगेको जीवनशैली माया,प्रेम,मिलन, बिछोडको आदि ब्याख्या गरिएको छ ।

रामकृष्ण अनायास

कविडाँडा

[email protected]

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट