coke Skip Ad >>

केकीको डिग्री र मिसेल ओबामाको भाषण

चुनाव
  • Get News Alerts

गएको साता ह्यात रिजेन्सीमा भएको दीक्षान्त समारोहमा गुञ्जिएकी नायिका केकी अधिकारी र फिलाडेल्फियामा  गुञ्जिएकी मिसेल ओबामाले नेपालका सामाजिक सञ्जालदेखि लिएर न्युजपोर्टल, छापामा मनग्य स्थान पाए। शून्यबाट शुरु गरेर अन्त सम्म पुग्ने साहस गुमाएकी छैन भनेर अधिकारीले दाबी गरिरहँदा फिलाडेल्फियामा मिसेल ओबामाले अमेरिकी डेमोक्रेटिक नेसनल कन्भेसनलाई सम्बोधन गर्दै हिलारी क्लिनटनले आफ्ना २ छोरीहरु र अमेरिकाका सम्पूर्ण बालबालिकालाई अमेरिकाको राष्ट्रपति महिला बन्न सक्छ भन्ने सम्भाबना देखाएको उल्लेख गरिन्।
 
राजनितीक विश्लेषकबाट पनि प्रशंसा बटुलेको मिसेल ओबामाको सो भाषणलाई डेमोक्र्याटिक नेसनल कन्भेसनको ऐतिहासिक भाषण भनेको छ। भाषणपछि द न्यूर्योक डेली न्युजले तत्कालै आफ्नो कभर परिवर्तन गरेर  ‘द लेडी इज हर च्याप’ भन्दै मिसेलको तस्बिर प्रकाशन गरेको थियो।
 
यता नायिका अधिकारीले उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट स्नातकोत्तर तहको प्रमाणपत्र लिएपछि न्यूजपोर्टल केकीमय बने। कलिउड ‘सेमी लिटरेटहरुको’ झुण्ड भन्ने स्टेरियोटाइपलाई केकीले अपडेट गरेकी छन्। यसर्थ उनको एमबीए डिग्रीको चर्चा हुनु सान्दर्भिक छ। तर जसरी ब्यस्तता र पारिवारिक आर्थिक पृष्ठभूमिमा उनको डिग्रीको ‘ग्लोरिफाई’ गरिएको छ त्यसले हम्बल ब्याकग्राउन्डबाट संघर्ष गर्दै मास्टर्स डिग्री लिने युवतीहरुलाई भने गिज्याएको छ।
 
राजधानीमा आफ्नै घरमा प्रारम्भिक शिक्षा अंग्रेजीमा लिने व्यक्ति नेपालको सन्दर्भमा प्रिभिलेज्ड ग्रुपमा नै पर्छन्। आफ्नै बुबा प्रिन्सिपल, आफ्नै घरमा बोर्डिङ, अंग्रेजीमा स्कुलिङ र पछि मिडियाबाट समेत प्रिभिलेज पाएकी केकीले डिग्री लिनु कुनै  ‘हेडवे’ होइन। नेपाली फिल्म उद्योगमा शिक्षित र बौद्धिक सर्कलका व्यक्ति पनि संलग्न छन् भन्ने कुरालाई केकीको डिग्रीले ठोस प्रमाण पेश गरे पनि उनी  ‘फाइटर हिरोइन’ होइनन्। उनले डिग्री लिन चुनौती र संघर्षभन्दा पनि समयको व्यवस्थापन गरिन्। यसर्थ उनी गुड टाइम म्यानेजर हुन्।
 
असाइनमेन्ट पुरा गर्दा छर्लंग रात काटेको र डार्क सर्कल त्यसैको परिणामस्वरूप आएको बताएकी केकीले त मेकअप र लाइटले आफ्नो  डार्क सर्कल लुकाउन सक्छिन्। तर यहा डेडलाइन मिट गर्न खाना नै नखाई (जो एक्लो बस्छन्) रात भर बसेर असाइन्मेन्ट पुरा गरेर डिग्री लिने युवतीहरु प्नि छन् जो डार्क सर्कल लुकाउने मेकअप गर्न नसक्ने वा नभ्याउने अवस्थामा छन्। यस्ता आर्थिक चुनौती र समय अभाव र समस्याका माझ पनि सम्भावना देखेर युनिभर्सिटीसम्म पुग्ने युवतीका कथा केकी जत्तिकै सुन्दर छन्। मिडियाले यी सुन्दर कथालाई एक्सपोज गरिदने हो भने धेरै प्रेरित हुन सक्छन्।
 
कोसिस गर्नेहरु कहिल्यै हार्दैन भन्दै केकीले कवि हरिवंश राय बच्चनको कविताका पंक्ति करिब ८ मिनेट लामो ग्य्राजुयसन भाषणमा ४ पटक दोहोर्‍याइन् जस्ले एक किसिमको उर्जा सबैमा ‘ट्रिगर’ गर्छ तर केकीको एमबिए डिग्रीले आम युवतीलाई कुनै प्रेरणा दिँदैन। मिसेल ओबामाले भने जस्तो हिलारी क्लिनटनले सिम्वोलिक लेभलमा अमेरिकामा राष्ट्रपति महिला बन्न सक्छन् भन्ने सम्भावना देखाएकी छन्। क्लिन्टनको नोमिनेसनले अमेरिकामा कुनै ‘पाराडाइम सिफ्ट’ नल्याए पनि एउटा सन्देश प्रवाह गर्छ कि सबै अवरोध ढल्ल सक्छन् जसले सबैको बाटोअघि रहेका अवरोधलाई क्लियर गर्छ।
 
केकीले एमबिए डिग्रीले लिएपश्चात यो डिग्री मैले कसैलाई बाँड्न नपर्ने भन्दै फेसबुक स्टाटस अपडेट गरिन्। उनले भने जस्तै केकीको डिग्रीले उनको व्यक्तिगत जीवनमा महत्व राख्ला, नेपाली फिल्म उद्योगलाई लाग्दै आएको परपेच्युल आरोपलाई क्लियर गर्ला तर आम मिडियामा प्रचार गरिएको जस्तो इन्सपायरिङ डिग्री भने होइन।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट