अर्थ मन्त्रालयकाकारण मैले छात्रवृत्ति गुमाउनु पर्ने?

  • Get News Alerts

अध्ययनशील विद्यार्थीका लागि छात्रवृत्ति अत्यन्तै महत्वपूर्ण हुन्छ। हामीजस्ता गरिब तथा मध्यम वर्गीय विद्यार्थीका त झनै महत्वपूर्ण। तर,सरकारी ढिलासुस्ती र अनिर्णयका कारण कुनै छात्रवृत्ति पाउनबाट बञ्चित हुनु त्यत्तिकै दुर्भाग्यपूर्ण हुन्छ। म आफैं यसको सिकार हुन पुगेँ।

केही समयअघि चीन सरकारले आह्वान गरेको छात्रवृत्तिबारे सामाजिक सञ्जालबाट थाहा पाएँ। छात्रवृतिका बिषय मेरो रुचि र पाठ्यक्रमसँग मिल्दो भएपछि मैले तुरन्तै आवेदन फारम भरेँ। छात्रवृत्तिका लागि फेब्रुअरीमा आवेदन खुलेको थियो, अप्रिल मसान्तसम्मको म्यादमा। त्यहाँ हामीले अर्थमन्त्रालयको अनापत्ति पत्र पनि बुझाउनु पर्ने रहेछ। हामीले आवेदन दिएको दुई महिना बितिसक्दा पनि अर्थ मन्त्रालयबाट पाउनु पर्ने अनापत्ति पत्र आएको छैन। यो कोठाबाट त्यो कोठाको चक्कर लगाउनुबाहेक केही हात परेको छैन हामीलाई। अर्थ मन्त्रालयबाट एउटा अनापत्ति पत्र लिनु फलामको चिउरा चपाउनु भन्दा कम छैन। एक त सिंहदरबार पस्नै गाह्रो, अझ ढिलासुस्ती र आलटाल। मसँगै आवेदन दिएका कतिपय साथीहरुले त छात्रवृत्तिको आशा मारिसकेका छन्।

निकै कोशिस गर्दा पनि मेरा हात अझै रित्तै छन्। अर्थ मन्त्रालयका कोठामा म गुनासो बोकेर पनि पुगेँ। अधिकृतहरु समक्ष आफ्नो कुरा राखेँ। माथि फलाना नामको उप-सचिवको कोठामा जानु भन्नेबाहेक अरु ‘रेस्पोन्स' पाइनँ।

मैले भेट्न पर्ने उपसचिवलाई पहिलो दिन चार घण्टा कुरेँ तर पनि भेट्न सकिनँ। लगातार धाएर ढोका रुँगेपछि चौथो दिन बल्ल उहाँसँग भेट भयो।

‘सर! मलाई छात्रवृतिको लागि अनापत्ति पत्र चाहिएको छ,' मैले बिन्ति बिसाएँ। अर्का कर्मचारीले उनलाई सुझाए, ‘अर्थ मन्त्रालयले पत्र दिने भनेको निजामती कर्मचारीको लागि मात्र हो, अनापत्ति पत्र दिने काम शिक्षा मन्त्रालय को हो।'

मैले भने, ‘सर! चीन सरकारले अर्थबाटै मागेको छ।'

तै पनि उनले दिन नसकिने बताए। 

अर्थ मन्त्रालयले एउटा नागरिकको उज्वल भविष्यका लागि एउटा अनापत्ति पत्र दिनै नमिल्ने हो र? नमिल्ने हो भने चीन सरकारले अर्थ मन्त्रालयकै पत्र किन माग्थ्यो होला? विद्यार्थीलाइै अवसरबाट बञ्चित गराउने कुन कानुन हो यो? मिल्दैनमिल्ने भए पहिलो पटकमै जानकारी दिएको भए पनि हुन्थ्यो नि।

वीरगञ्ज

(हाल किर्तिपुर ,काठमाडौं)

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

  • मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली? मुसहर वस्तीको साँचो कसलाई बुझाउँछौ, धुर्मुस–सुन्तली?

    टिभी हेर्नेलाई हसाँउथे धुर्मुस–सुन्तली । हामी पनि हाँस्यौं होला । खुसी भयौं होला । काँचको पर्दामा हाँसो फुलाउने यी जोडीलाई बर्दिवासका मुसहरले टिभीमा देखेका थिए–थिएनन्? सधैं गरिबी, अभाव र पीडाले डामिएका ती मुसहरले कहाँ पाएर हेर्दा हुन् टीभी? रहर त कति हो कति हुँदो हो तर बाध्यता? बाध्यता र अभाबभन्दा ठूलो शत्रु के हुन्छ ?र, त्यही काँचका पर्दामा फुल्ने यो जोडीका रङ्गीविरङ्गी फूललाई ? मलाई लाग्छ, बर्दिवासका मुसहरले हाँस्न र खुसी हुन टीभी हेर्नु परेन। आफ्नो बस्तीमा पोतिएको खुसीको रङ् देखर हाँस्न थालेका छन्, अहिले ती।   खुसीको रङ् कस्तो हुन्छ? कठीन छ उत्तर दिन। उत्तर खोज्न बर्दिवासको मुसहर वस्ती नै जानुपर्छ । जहाँ पोतिदै छ, त्यो रङ्।

    शिव प्रकाश

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट