coke Skip Ad >>

लोकसेवा आयोगलाई खुला पत्र

चुनाव
  • Get News Alerts

२००४ सालमा दरखास्त परिषद् र २००८ साल असार १ गते पब्लिक सर्भिस कमिसनको रुपमा स्थापना भई गत असार १ गते ६६ औं वार्षिकोत्सव मनाएको लोकसेवा आयोगलाई ६७ औं वर्ष प्रवेशको हार्दिक शुभकामनमा।  वेरोजगारीको दर बढ्दै गएको अवस्थामा लोक सेवा आयोग हजारौं बेरोजगार युवाको आकर्षणको केन्द्र हो।  लामो इतिहास बेकेको र योग्यता प्रणालीको संरक्षणमा भूमिका खेलेको आयोग सरकारी सेवा प्रवेश गर्न चाहनेको आकर्षणको केन्द्र हुनु स्वभाविक हो। लामो इतिहास, शाख र आम जनताको विश्वासका कारण आयोगलाई खोट लगाउने  ठाउँ कमै छन्। यद्यपि मुलुक संघीयतामा प्रवेश गरेको, आयोगको कार्यक्षेत्र र भूमिका बढेको तथा प्रादेशिक लोकसेवा आयोग गठनको संवैधानिक व्यवस्थाबीच यस आयोगले आगामी दिनमा आफ्नो निष्पक्षता जोगाउन फलामको च्युरा चपाउनु सरह हुने कुरामा द्विवधा छैन। लेकसेवा आयोगका माननीय अध्यक्ष उमेशप्रसाद मैनाली समक्ष यस वर्षगाँठको सन्दर्भमा आयोगले निम्न विषयमा ध्यान दिनु सान्दर्भिक हुने विषयमा खुल्ला खुल्ला पत्र लेखेको छु।

१) लोकसेवा आयोगका प्रश्नपत्र किन सैद्धान्तिक बढी व्यवहारिक कम भए? किन बस्तुनिष्ठ प्रश्न बन्न सकेनन? जसले गर्दा पदस्थापनको पहिलो दिनबाट काममा भन्दा अध्ययनमा ध्यान दिने मात्रै माथिल्लो पदमा पुग्न सफल भए।

२) अन्तर्वार्तालाई किन वस्तुनिष्ठ, वैज्ञानिक, प्रविधि मैत्री र समय सापेक्ष गराउन सकिएन ?

३) अन्तर्वार्तामा रहने आयोगका पदाधिकारी कुन तहको अन्तर्वार्ता लिने हो त्यो तहको ज्ञानको कसीमा किन फितलो देखिए। उनीहरुले सहसचिव, उपसचिवमा सोध्ने प्रश्न किन स्तरीय भएनन? आयोगमा माननीय पदाधिकारीमा आत्म
मूल्याकंनको जरुरी देखिन्छ।

४) उत्तरको नमुना निर्धारण नगरी  जाँच गर्दा जाँचकीको भावना प्रधान भयो। नमुना उत्तर ढाँचा तयार होस् र सो अनुसार कपी जाँचको व्यवस्था होस्।

५) निष्पक्षता भने पनि ओयोगका कर्मचारीको भमिका सन्देहस्पद देखियो जसले गर्दा आयोगमा कार्यरत कर्मचारी किन बढी उतिर्ण भए र भइरहेका छन?
परीक्षा प्रणलीमा संलग्न कर्मचारी उतिर्ण भइरँहदा यसरी निष्पक्षता कायम होला त?

६) विगत ११ वर्षको इतिहासमा उपसचिव र सहसचिवको लिखित परिक्षामा उतिर्ण हुने १ जना पनि आयोग अन्तर्गतका कर्मचारी अन्तर्वार्ताबाट अनुतिर्ण हुन परेन। पक्कै पनि यो संयोग मात्र त होइन होला ? किन अन्तर्वार्तामा आयोगमा कार्यरत कर्मचारीलाई बढी नम्बर प्रदान गरिन्छ ? खुलातर्फको सहसचिव र उपसचिवमा  आयोग कै कर्मचारी उतीर्ण भएको विषयले बजारमा राम्रै चर्चा पाएको छ।

७) बजारमा चलेका अनेक हल्ला र पीडित पक्षका गुनासालाई किन ध्यान दिइएन? अब के लिखितमा उतिर्ण हुनेले अन्तर्वार्ता पनि उतिर्ण हुन आयोगमा सरुवा माग्नु पर्ने भएको हो ?

८) आयोगको परीक्षा महाशाखामा बस्ने कर्मचारी परिक्षामा सहभागी हुँदा कत्तिको निष्पक्षता कायम होला ?

९) माथिल्लो पदको अन्तर्वार्ताका लागि राजनैतिक दलका नेताका घरमा वा आयोगका पदाधिकारीका दैलोमा चहार्नु पर्ने विडम्वना कहिलेबाट अन्त्य होला ?

१०) निष्पक्षता भनाइमा होइन सहभागी परीक्षार्थीका मुखबाट सुन्न पाउनु पर्छ। आयोगले कहिल्यै त्यस्ता सहभागीसँग अन्तक्रिया गरेको छ ?

११) आयोगमा कार्यरत कर्मचारीका नजिकका नाता पर्ने (छोरा, छोरी, भान्जा, भान्जी, साला, साली, भतिजा, भतिजी आदि) व्यक्तिले आयोगकै प्रतिष्पर्धामा भाग लिँदा  ती कर्मचारी आयोगका कुनै पनि कार्यमा संलग्न नगराउनु पर्नेमा किन गराइन्छ?

१२) गोप्य शाखामा –प्रश्नपत्र छपाइ समेत) काम गर्ने कर्मचारीहरु राती आयोगमा बास बस्दा मदिरासहित, जुवा तास समेतमा रम्ने गरेको, हरेक हप्ता बेराका बोरा खाली बोतल आयोगबाट निस्कने गरेको सुनिएको छ। यसमा आयोग किन मौन?

१३) आयोगले  प्रणालीलाई विश्वास र स्थापित गरोस् हाम्रो अनुरोध छ। माननीय अध्यक्ष ज्यू नेपालको प्रशासन सेवाको यहाँको विज्ञता आयोगले यहाँकै नेतृत्व सम्हालेको बेलामा निर्विवाद र निष्कलंक होस्। कमी कमजोरी यही बेलामा सुध्रिए आयोगको परीक्षामा सहभागी लाखौं परीक्षार्थीले यहाँ र ओयोगको जयजकार गर्ने थिए ?

मीनभवन, काठमाडौं।

 

 

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट