के हो यो ग्रेडिङ सिस्टम?

  • Get News Alerts

हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ? भन्ने जस्ता कुरा नबुझी यसको बारेमा गलत अर्थ लगाउनु मुर्खता हो।

जुन कुरा Absolute हुन्छ, त्यसलाई कुनै पनि आधार विन्दु (reference point)लाई लिएर नाप्नु पर्दैन, सिधै नाप्न सकिन्छ। त्यसैले एकै प्रकारका बस्तुहरु जसलाई absolute मा नापिएको हुन्छ, त्यसलाई सिधै तुलना गर्न सकिन्छ। तर यसलाई खासै वैज्ञानिक मानिदैन। जुन कुरालाई absolute नाप्न सकिदैन र नाप्न सकिनेलाई पनि अझ वैज्ञानिक बनाउन कुनै आधार विन्दु (reference point) लिएर सापेक्षिक मापन (relative measurement) गरिन्छ। जसबाट सूचक, ग्रेड बिन्दु जस्ता कुराहरुमा प्रस्तुत गरिन्छ।

यस्तै हाम्रो पढाई, अध्ययन तथा सिकाइ भन्ने कुरालाई खासमा नाप्न सकिदैन तर बेलाबेलामा कसले कति पढेको छ, कति जानेको छ, कति सिक्यो भनेर नाप्नुपर्ने हुन्छ यस्तो अवस्थामा सापेक्षिक मापनले हामीलाई धेरै ठूलो सहयोग गर्दछ।

एक वर्ष लगाएर पढेको कुरा तीन घन्टामा तैपनी सिमित प्रश्नहरुद्वारा मानिसको पढाई स्तर मापन गरिनु वैज्ञानिक त हैन तर यसलाई अझ ब्यवस्थित र वैज्ञानिक जस्तो बनाउन पहिलेको नम्बर, प्रतिशत, डिभिजन, पास फेलको पद्धतिलाई तोडेर यो सालको एस् एल सी सापेक्षिक मापन पद्धति (ग्रेडिङ पद्धति)मा आयो। जुन मापन पद्धतिमा कुनै एक जनाले ग्रहण गरेको नम्बरलाई आधार बिन्दु(reference point) मानेर अन्य विद्यार्थीको स्तर सूचक नम्बर (ग्रेड पोइन्ट) निकालिन्छ।

अहिलेको यो एसएलसी ग्रेडिङ पद्धतिमा पनि प्रत्येक विषयमा सबैभन्दा उच्च नम्बर ल्याउनेको नम्बरलाई आधार मानेर अन्यको ग्रेड पोइन्ट पत्ता लगाइएको थियो। जसको विस्तार ० देखि ४ सम्म थियो। जसमा ० ल्याउनेले ०% नम्बर ल्याएको र ४ ल्याउनेले १००% ल्याएको भन्ने नभई ० ल्याउने अरू भन्दा कमजोर र ४ ल्याउने अरुभन्दा उत्कृष्ट भन्ने बुझिन्छ।

जस्तै यदी नेपालमा सबैभन्दा बढी नम्बर कसैले ९८ ल्यायो भने त्यसको नम्बरलाई ४ ग्रेड पोइन्ट मान्दा ८६ नम्बर ल्याउनेको ग्रेड ३.५१ हुन्छ। सबै विषयमा यस्तै गरी ग्रेड पोइन्ट निकाली ग्रेड पोइन्ट एभरेज (जिपिए) निकालिन्छ। यसरी आएको डाटालाई पुन ए, बि, सि, डी ग्रेड भनेर छुट्याइन्छ। यस ग्रेडिङ सिस्टम धेरै वैज्ञानिक र व्यवस्थित भएकाले यसबाट धेरै फाइदा हुन्छ।

हाल यो ग्रेड पोइन्ट लाई ४ ले भाग गरी १०० ले गुणा गरेर प्रतिशत निकाल्ने गरेको पाइन्छ तर यो तरिकाले प्रतिशत निकाल्ने पद्धति गलत हो। साधारण तरिकाले प्रतिशत निकाल्न देशभरबाट सम्बन्धित बिषयमा उच्च नम्बर ल्याउने विद्यार्थीको नम्बर पत्ता लगाएर त्यसबाट आफ्नो ग्रेड पोइन्टलाई नम्बरमा र नम्बरलाई प्रतिशतमा बदल्न सकिन्छ। यसरी निकालेको प्रतिशत हामिले गलत तरिकाले निकालेको प्रतिशत भन्दा अवश्य कम हुन जान्छ। त्यसैले कसैले जिपिए ४ ल्यायो भने उसले १००% ल्याएको मानिदैन तर उसको नम्बर/स्तर तुलनात्मक तरिकाले सर्वश्रेष्ठ मानिन्छ।

लेखक: पदम प्रसाद पौडेल

कपिलबस्तु, हाल धरान

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मुस्कान मिठो मिर्साको! मुस्कान मिठो मिर्साको!

    बिहान उठ्दा अन्नपूर्ण २ र ४ मुस्कराईरहेको थियो। करिब १५ मिनेटको बाटोमा रहेको भूमेथान(१६२० मि.) गयौ। जहाँबाट मिर्सा गाउ साह्रै सुन्दर देखियो। फर्किदा भेडी गोठ हुँदै गाउँ पुग्दा चिया र नास्ता तयार थियो। आमा समुहले बिदाई गर्नु भयो, हामी भने मिर्साको मिठो मुस्कान सम्झिदै ओरालो लाग्यौ।

    शुरेन्द्र राना

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट