मजदुरको लागि लड्ने पार्टी भनेर,
फेरि पनि बन्द सफल बनाउन,
मजदुर कै ट्याक्सी जलाउने होलानी होइन कामरेड,
बन्दलाई सफल बनाउन.
दिनकै मजदुरी गरेर खाने मजदुरको गाँस खोस्ने होलानी होइन कामरेड,
गरिब जनताका छोराछोरीलाई निःशुल्क शिक्षा दिन्छु भनेर,
फेरि पनि बन्द सफल बनाउन गरिब जनताको छोराछोरीलाई जाने स्कुल बन्द गराउने होलानि होइन कामरेड,
बन्दलाई सफल बनाउन,
गरिब जनताको छोराछोरीलाई ढुङ्गा र् बन्दुक बोकाउने होलानि हैन कामरेड,
तिमी त मस्तसँग गरिब जनता मरेको हेरेर बस्न सक्छौ कामरेड,
तर याद राख तिमीलाई बाचेको हेर्न कैयौ गरिब जनता मरेका छन् कामरेड।