तिम्रो दोष पनि हैन यसमा
पैसामा आँखा सबैको लाग्छ
घुस खान्छौ तिमी छोरालाई महंगो शिक्षा दिन
तर 'पाप' भन्ने कुरा ले
तिम्रो छोरालाई ड्रग्स खाने बनाउँछ
घुस खान्छौ तिमी छोरीलाई महँगो ठाउँमा शिक्षा दिन
त्यो पैसा पुग्छ अर्कै ठाउँमा
घुस खान्छौ तिमी बुडीलाई गहना किन्न
बुडीको चाहना अर्कै तिर जान थाल्छ
अब बल्ल बुझ्छौ तिमीले यो कुरा
यो सब ढिला भइसक्यो
न छोरा ठेगानमा, न बुडी मतिमा
अनि बिरक्तिएर बस्छौ तिमी
भित्र भित्रै जल्दै पिएर रक्सी
तिम्रो घरमा कोइ साथी हुन्न
जब तिम्रो साथमा हुन्छ रक्सी
बरू नखाऊ घुस अनि हेर जीवन मा
हलो जोत्ने छोरोले राम्रो व्यापार गर्छ
तिम्रो बुडी सँधै भरि तिमी सँगै हुन्छिन्
सरकारी स्कुलमा गएर छोरी ठूली डाक्टर बन्छिन्
तिम्रो जीवन एक शान्ति को प्रतिक बन्छ
त्यसैले प्लिज नखाऊ घुस्...