आमा शब्द सुन्ने वित्तिकै सवैको दिमाखमा जन्मदिने व्यक्ति भनेर आउँछ। संसार देखाउने व्यति्क सझिन्छौ। आमा कति मिठो छ यो शव्द। मेरी आमाले गर्दा म आज यो ठाउँमा छु। तर जस्ले मलाई गर्भमा राखेन त्यो आमा मेरो लागि सवै भन्दा महान छिन्।
मलाई दोबाटो मा लडेको देखेर उनको ममताको छहारीमा लुकाइन्। मलाई कहिल्यै उनले आफ्नो स्तन चुसाइन होला तर आफू भोको बसेर मेरो पेट भरेको याद छ मलाई।
उनले मेरो लागि कहिल्यै आफ्नो गर्भमा सन्तान राख्न चाहिनन्। के त्यो आमा मेरो लागि महान छैनन्? अर्काको रगत के जातको हो यसलाई सहारा नदे भन्दा बरू आफू वेसहारा हुन तयार भइन मलाई छाड्न सकिनन् के त्यो आमालाई म कुन शव्दले धन्यवाद व्यक्त गरौं।
यसको मतलव मलाई मेरो जन्म दिने आमा प्रति गुनासो र घृणा भने छैन बरू सम्मान छ। उनले मलाई वेवारिसे छाड्नुमा पनि कुनै ठूलो कारण हुनसक्छ वा त्यो वेलाको परिस्थिति त्यस्तै थियो। कति महान छिन मेरी आमा म गर्भमै भएको बेला पनि कति धेरै समस्या र चुनौती थिए होलान् तर पनि उनले मलाई यो धर्तीमा ल्याएर छाडिन्। उनले चाहेको भए मलाई जन्म नै नगराई मृत्युको मुखमा सुम्पिन सक्थिन्। तर, मेरी आमा तिमी कति महान रहिछौ आफूले दुःखको पहाड बोकेर पनि मलाई सन्तुष्टिको मैदानमा सुम्पिएर गयौं।
आज म निकै खुसी र आफूलाई भाग्यमानी महसुस गरिरहेको छु। धन्यवाद छ भगवान मलाई जन्म दिने र कर्म दिने दुई वटा आमा दियौं। मेरो कर्मको रेखा कोरिदिने आमा म तिमीलाई सधै सुख दिन्छु त भन्न सक्दिन तर मेरो कारणले गर्दा आखाँमा आशु भने पकै आउन दिनेछैन। मेरो लागि तिमीले जुन साहस गर्यौ त्यो आम आमाले गर्न सायद कठिन होला।
आज यो दिनमा तिम्रो माहनताको बयान गर्न लायक र आमाको अर्थ सिकाउने महान व्यक्ति तिमी हौ।