आँधी आउछ। पानी आउँछ। हाम्रो त जसो-तसो चल्छ। कंक्रीटको घर छ,ढलानको छानो छ। जाडो हुदा ओड्ने सिरक छ। आङ ढाक्नलाई रोजी-रोजी कपडा पनि होला। खाना पकाउनलाई जसो-तसो ग्यास छ। बोरा भरि चामल होला। नजिकै तरकारी पसल पनि छ। लाइटर प्याट्ट बाल्यो,खाना सजिलै पाक्छ।
एउटा भूकम्पले खाएको गाउँ पनि छ।
टहरो र पालै-पालको घर छ।
भोक भन्दा बढी पानी र आँधीले तर्साउने हजारौ मनहरु छ।
आसै-आशको सास फेर्ने मान्छेहरु छ।
न घर छ।
न बलियो टहरो छ।
न त पालको कुनै भर छ।
आँधीले च्यात्छ,पानीले भिजाउँछ।
पानीले भन्दा,पहिरोले झस्काउँछ।
बिरामी हुँदा न सिटामोल छ न जीवनजल।
बिडम्बना सुन्छु त्यहाँ पोसिलो आहार भन्या चाउचाउको झोल रे।
ए!!! सरकार तिमी मौन नबस।
केही गर।
तिमीले खाने हरेक भातको सितामा अलिकति हिलो छ,पसिना छ,सपना छ,त्यो भन्दा पनि ठुलो कुरा हजारौ जनताको आसै-आश छदै-छ।
आश नमार है।