भारतीय नाकाबन्दी खुलेको दुईसाता पुग्न लागिसक्यो तर बजारमा अझैपनि इन्धनको अभाव कायम नै छ। पेट्रोल डिजेल लिन अझैपनि पाँच/छ घण्टा लाइन बस्नुपर्ने समस्या छ भने ग्यास लिन त हप्तौ लाइनमा सिलिण्डर राखेर बस्नुपर्ने बाध्यता छ त्यो पनि आधा सिलिण्डर। आयल निगम भन्छ बजारमा माग भन्दा तेब्बर रुपमा इन्धन बितरण गरेका छौं बजारमा इन्धन सहज भैसक्यो, आयल निगमको भनाइसँग सहमत हुने हो भने सर्वसाधारणले पहिले जस्तै सहजै इन्धन पाउनुपर्ने हो तर त्यो छाँटकाँट छैन समस्या ज्युँकात्युँ छ। कतिपय प्रेटोल पम्पमा पेट्रोल लिन लाइन बसेका उपभोक्ताहरु पेट्रोल नपाएर फर्कनुपर्ने समस्या कायम नै छ।
भारतीय अघोषित नाकाबन्दी खुलेपछि विभिन्न नाकाहुदै ठूलो परिणाममा इन्धन भित्रिएको समाचारहरु पनि पढ्न र सुन्न पाइन्छ आयल निगम पनि सोहि अनुपातमा इन्धन वितरण भएको बताउँछ। तर सो अनुपातमा इन्धन भने पाइदैन् आखिर किन सर्वसाधारणले इन्धन पाउँदैनन्। कहाँ जान्छ भित्रिएको तेत्रो परिणामको इन्धन अनि कहिले हुन्छ त इन्धनको सहज वितरण प्रत्येक जनता सम्बन्धित निकायबाट यी प्रश्नको जवाफ चाहान्छन्।