नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७० र ७१ मा देशभर जबर्जस्ती करणी तथा करणी उद्योगका एक हजार तीन सय २६ घटना भए। जबकि, आर्थिक वर्ष ०६९ र ७० मा देशभर ६ सय ७७ मात्रै बलात्कारका घटना भएका थिए। गत साउनदेखि माघसम्म सात सय ९६ बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन्।
केही दिन अघि पर्यटकीय नगरी पोखरामा ४० वर्षीय सरस्वती लिम्बुको हत्या भयो। उनको हत्या कसले गर्याे र के कारणले भयो भन्ने खुलासा हुन नपाउदै अर्की २१ वर्षीय योरुना पुनको पनि हत्या भयो। कलकलाउदो उमेर संगै केहि गर्ने जोस, जागर भएका युवतीहरूको हत्या गरियो। उनीहरूले गुमाएको जीवन त प्राप्त गर्ने सक्दैनन तरपनि अरु युवतीया सम्पुर्ण नारीको लागी त्रासपुर्ण अवस्था सृजित भएको छ। यी केबल प्रतिनीधि घटनाहरू मात्र हुन।
पुरुष प्रधान नेपाली समाजमा नारीलाई घरबाट बाहिर निस्किन कठिन भईरहेको अवस्थामा आगोमा घिउ थप्ने कार्य भएको छ।
बलात्कारीले उम्किने मौका पायो भने फेरि पनि अर्काे शिकारको खोजीमा हुन्छ। क्षणिक यौन इच्छा साकार पारेर फेरि पनि अर्की युवतीको ज्यान जान सक्छ। थुप्रै नारीले घरबाट बाहिर निस्किदा परिवारका अन्य सदस्यको आलोचना खेप्नुपर्छ, भाषण सुन्नुपर्छ। जसले गर्दा नारीहरूको क्षमता विकसित हुन पाउदैन र जीवनभर अरुको साहारमा बाँच्न बाध्य हुन्छन्।
सधैँ नारीलाई आफ्नो अधिनमा राख्न खोज्ने पुरुषले नै नारीमाथि अत्याचार गर्ने गर्छन। एउटा अत्याचारी पुरुषले उम्किने मौका पायो भने अन्य पुरुषहरूका लागि उ हौसालाको पात्र हुन सक्छ। समाजमा फेरीपनि बलात्कार जस्तो अजन्य अपराध दोहोरिन सक्छ।
यो घटनाले निर्धक्क भएर हिडँन कठिन भएको छ। नारीलाई हक र अधिकार दिइएको छ भनिए पनि समय समयमा घटने यस्ता घटनाले हक र अधिकार मात्र नभएर सुरक्षाको समेत आवश्यक परेको छ। यो विषयमा मेरो एउटै प्रश्न– कहिलेसम्म डराएर हिँडने नारी ?