हो सुशील कोइराला त्यागी, स्वच्छ छवि र निष्ठावान नेता हुन भन्नेमा विवाद छैन्। कोइराला र उनको कामबारे अमित ढकाले विश्लेषण उत्कुष्ट छ। तर कोइराला मानक बन्न चुकेका भन्दा पनि चुकाइएका हुन भन्ने मेरो बुझाइ हो। संविधानसभाबाट सविधान बनाउने नेपाली जनताको ६ दशक देखिको सपना सुशील कोइरालाको नेतृत्वले पुरा गर्यो।
संविधानमा आफ्नो र आफ्नो पार्टीको अडान भन्दा पनि सहमतिबाट अघि बढ्नुपर्ने कोइरालाको चाहना थियो। संविधान बनाउन पहिलो संविधानसभाले आठ वर्ष लगाएर कसैले बिर्सेका छैन्न। संविधाननै नाममा करिव देश एक दशक बन्धक बनेका बेला कोइरालाले सवैलाइ समेट्ने आँट गरे। कोइरालाको आँटमा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले साथ नदिएका भए संविधान जारी गर्न सम्भव थिएन। दाहालले कोइरालाको जन्म गाउँ विराटनगरमा पुगेर भने-सुशील कोइरालाको नेतृत्वदायी भूमिकाले संविधान सम्भव भएको हो।
संविधान जारी गर्न दलहरुबीच सहमति भइसकेपनि भारतले आफ्नो असन्तुष्टि राखेको थियो। संविधान जारी गर्न केही दिन पर्खनु पर्ने भन्दै नेपाल लागि भारतीय राजदूत रञ्जित रे बालुवाटार बालकोट र पेरिसडाँडा धाएको सबैलाइ थाहा छ। खासगरी संविधान घोषण गर्ने भारतलाई पर्खन हुदैन भन्नेमा कोइराला अडिक थिए। रात रहे अग्राख पलाउने अवस्था कोइरालाको बुझेका थिए नै। आफ्नो अडानलाई कायम राखी भारतको आग्रह लत्याउदै असोज ३ गते संविधान जारी गरे कोइरालाले। प्रधानमन्त्री कोइरालाले आफ्नो आग्रह नमानी संविधान जारी गरेकोमा असन्तुष्ट बनेको भारत मौकाको खोजिमा थियो। प्रधानमन्त्रीको निर्वाचनमा केपी ओली विरुद्ध उम्मेदवारी दिए नाकावन्दी खालिदिने भनी कोइरालालाई भारतले आश्वासन दिएकोे हुनसक्ने बताउँछन् परराष्ट्र मामिलाका जानकार उद्धव प्याकुरेल। आफ्नो हार निश्चित देख्दा पनि नाकावन्दी खुल्ने आशाले उम्मेदवारी दिएको हुनसक्ने प्याकुरेलको बुझाइ छ। बाँकी कुरा के भएको थियो , अन्तर्मुखी स्वभावका कोइरालाले खोलेनन् या समय आएपछि खोल्ने नै थिए तर त्यो समय अब कहिल्यै नआउने निश्चित भएको छ।
प्रधानमन्त्रीको पदमा रहदा संविधान जारी गर्न आफुले गरेको आग्रह नमानेका कारण कोइरालाई उम्मेद्वारी दिन लगाएर असफल बनाउने भारतको खेल भएको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ठम्याई छ। आफुलाई अटेर गरेकाले भारतले कोइरालाई कारवाही गरेको तर्क श्रेष्ठको छ। तर नाकावन्दी खुलाउनै प्रयासमा रहेको कोइराला आफैले गरेको प्रतिज्ञा विपरित गए। संविधान जारी गर्न एक पटक मात्र प्रधानमन्त्री बन्छु भन्ने कोइराला नाकावन्दी खुल्ने आस देखेपछि आगोमा हामफाले। नत्र संविधान जारी भएपछि प्रधानमन्त्रीको उम्मेदवारी नदिएका भने मानक बन्थे कोइराला। कोइरालाई असफल देखाइ आफ्नो प्रभुत्व देखाउन सफल भयो भारत। अहिले यही भनिन्छ जो देखियो। तर आफ्नो लागि कहिल्यै नसोचेका, कहिल्यै लोभ नगरेका कोइरालाले व्यक्तिगत लोभ त पक्कै गरेनन होला , जे होस चुपचाप महाप्रस्थानमा लागेका कोइरालाको बारेमा अनुमानको भरमा आरोप लगाउनु पक्कै पनि उनीमाथि न्याय भने हुन्न।