मर्ने कसैको रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन।
मर्ने कसैलाइ रहर हुँदैन।
जनता ठग्नेको स्तर हुँदैन
देश लुटने अमर हुँदैन
सबै मानव शिखर हुँदैन
मर्ने कसैलाइ रहर हुँदैन।
समयको कुनै लहर हुँदैन
नेपाली नेताको भर हुँदैन
सबै प्रश्नको उत्तर हुँदैन
मर्ने कसैलाइ रहर हुँदैन।
राष्ट्र नदुख्नेको असर हुँदैन
भ्रष्टको कहिल्यै कदर हुँदैन
काल आउनेको खबर हुँदैन
मर्ने कसैलाइ रहर हुँदैन।
एकताले राष्ट्र जर्जर हुँदैन
इमान्दारको कुनै डर हुँदैन
ज्ञानी नवनी प्रखर हुँदैन
मर्ने कसैलाइ रहर हुँदैन।
सत्य काम कहिल्यै बदर हुँदैन
राष्ट्र प्रेम अरुमाथि निर्भर हुँदैन
शहीदको कुनै घर हुँदैन
मर्ने कसैलाइ रहर हुँदैन।