मलाइ जन्मदिने मेरी महान आमा नारी हुन्। मलाई ज्ञान दिने लेख्न पढ्न सिकाउने मेरी शिक्षिका पनि नारी नै हुन्।
मैले दुःख पर्दा सम्झिने भगवान देवी पनि नारी नै हुन्। मेरो घरमा पनि दिदिबहिनी छन्। श्रीमती छिन्, छोरी छ।
मेरो केटा साथीहरू र केटी साथीहरू बराबर छन्। मैले सधैँ यही भन्छु नारी कमजोर छैनन्। पुरुष सरह हरेक कुरामा उत्तिकै सशक्त छन्। समाजमा हरेक कुरामा बराबरीको हक राख्दछन्।
म एउटा सफल पुरुष बन्नुमा मेरो बुबा सँगसँगै मेरी आमाको पनि उत्तिकै हात छ। त्यसैले म अथाह सम्मान गर्छु नारीलाई। नारी बिना जीवन र जगत अधुरो छ।
एउटा कुपुरुषले बलात्कार गर्यो, सबै पुरुषलाई गाली नदेउ। चित्त दुख्छ जब त्यो बलात्कारीको विपक्षमा कोही पनि चेतनशील पुरुषले बोल्दैन। बोल्नै सक्दैनन् । महिला सरह पुरुषहरुले पनि बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन्। आवाज उठाइराखेकै छन् ।
मेरो पुरुष मनले सधै यही भन्छ- हामी यस्तो समाज बनाअौं जहाँ पुरुष सरह कुनै पनि नारी निर्धक्क घर बाहिर हिँडडुल गर्न सकुन्। पुरुषको जस्तै दिनमा मात्रै होइन रातमा पनि एउटी नारी घर बाहिर निस्कन सकुन् ।
बलात्कार मात्र एउटा पुरुषले गरेको हो। दोषी पनि त्यहि कुपुरुष मात्रै हुन्छ। समाजमा बस्ने सबै पुरुषहरू यसमा दोषी छैनन् । चेतना होस् कतिपय अवस्थामा एउटा नारीलाई बलात्कार हुनबाट बचाउन पनि यही समाजका पुरुष अगाडि आउँछन्।
त्यसैले म सबै नारीहरूलाई सम्मान गर्ने एउटा पुरुष हुँ तर बलात्कारी होइन।
हालः इजरायल