पुननिर्माण प्राधिकरण गठन भएको पनि महिना दिन पुग्न लाग्यो। काम शुरु गर्ने साइत त्यही विनासकारी भुकम्प गएको दिनलाई जुराएको छ। एउटा सर्वसाधरण नागरिकको हिसाबले यो साइत जुराइ नै चित्त बुझेको छैन। यस्तो आपतविपतको राहत र पुननिर्माणको काम थालनी गर्नको लागि पनि के को साइत? अनि के को उदघाटन कार्यक्रम? अझ उदघाटन पनि दुई दुई स्थानबाट।
पुनर्निर्माण प्राधिकरणले यति लामो अवधिसम्म काम थालनी गर्न नसक्नुमा सिइओको छनौटमा गल्ती भएको हो कि भन्ने महसुस भएको छ। सिमित कर्मचारी भएपनि केही कामको थालनि हुनुपर्थ्यो। अहिले माग भएको आवश्यक कर्मचारी प्राप्त नभएकोले काम शुरु गर्न नसकिएको बाहना बनाइदै छ। गोदाममा खाद्यन्न र लत्ता कपडा सडिरहेका छन्, शुरुमा वितरण गरिएको बाहेक हालसम्म पीडितहरुले केही राहत पाउन सकेका छैनन। यो अस्तब्यस्तता कसरी, किन भइरहेको छ? सरकारले किन चासो लिइरहेको छैन। पुनर्निर्माण कार्य गर्न अति नै ढिला भइसक्यो किनभने जेठ पछि पानी पर्न शुरु हुन्छ।
त्यसैले पुनर्निमाणको काममा ढिलाइ गर्नु हुन्न।