असामान्य दैनिकीलाई थाती राख्दै यो साता दुई राजनीतिक नेता चर्चामा आए। पहिलो चर्चा पूर्वअर्थमन्त्री रामशरण महत संसारकै उत्कृष्ट अर्थ मन्त्रीमा छनोटको विषयलाई लिएर भयो।
उनी संसारकै उत्कृष्ट भएपनि नेपालको अर्थतन्त्र ज्यादै तल झरेको विषय सबैसामू छर्लंग छ। तापनि नकारात्मक हिसाबले व्यंग्य गरेर भविष्यमा आउने अर्थमन्त्रीहरूलाई पनि निरूत्साहित गर्नु उचित हुँदैन।
उनले पाएको पुरस्कार विगतमा गरेको कार्यको परिमाण स्वरुप नभई भूकम्प पश्चात दाता सम्मेलन गराएर लगभग चार खर्ब रूपैयाँ सहयोगको प्रतिवद्धता जुटाएको एउटै कारणले हो।
यो उनले मात्र पाएको सम्मान होइन सारा नेपालीले पाएको पहिचान पनि हो। व्यक्तिगत रूपमा उनको कार्यशैली र व्यवहार प्रति आलोचक बन्न सकिन्छ, प्रशंसक बन्न सकिन्छ तर सत्य के हो भने ५० को दशकदेखि हालसम्म अवलम्वन गरिएको खुला आर्थिक नीतिका यीनै योजनाकार हुन्। हालसम्मकै सफल अर्थमन्त्री बन्न सकेका बाबुराम भट्टराईले अबलम्बन गरेको आर्थिक नीति यीनैले अबलम्वन गरेको खुला आर्थिक नीति नै हो।
त्यसैले देशले अवलम्वन गरेको आर्थिक प्रगति वा दुर्गतिले डा.रामशरण महत पुरस्कृत भएका होइनन्। भूकम्प पछिको पुर्ननिर्माणमा सहयोग जुटाउन सफल भएकोमा यीनि संसारमा चिनिएका हुन्। यीनलाई उडाउनुको साटो प्रतिवद्धता भएको रकम को छिटो र सहि उपयोगको लागि दवाव गर्दा उत्तम हुन सक्छ।
दोस्रो रह्यो, प्रधानमन्त्रीले किचनमा ग्याँस पाइप जोड्ने कुरा। उहाँका थोरै समर्थक बाहेक अधिकांशले प्रधानमन्त्रीलाई सामाजिक संजालमा उडाएका मात्र छैनन् पत्रपत्रिका, टोल छिमेक, शहर गाउँ सवै तिर उहाँ उपहासको पात्र बन्नुभएको छ।
मैले जाने र बुझेसम्म उहाँले सिलिण्डर प्रतिस्थापन गर्ने सर्न्दभमा यो कुरा बोलेको हुनुपर्छ। यीसँग सम्वन्धित केहि जानकारी सान्दर्भिक छन्।
१. हावाबाट विजुली निकाल्न सकिने कुरा नयाँ होइन। हाम्रो देशको मुस्ताड. जिल्लामा पनि हावाबाट विजुली निकालिएको छ। हावाको गति उच्च हुने थुप्रै देशको उर्जा वायु मै भर परेको छ।
२. हाम्रा तराई तथा पहाडी जिल्लाहरुमा गोवर ग्याँस आजकल ज्यादै प्रचलनमा छ। यसवाट आउने मिथेन ग्याँसले खाना पकाउन सजिलो मात्र भएको छैन नेपालले कार्वन मोनो अक्साइड उत्सर्जनलाई कमी गरेकाले कार्वन टेड वापतको रकम पनि प्राप्त गरिरहेको छ। वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र मार्फत यस सम्वन्धी विस्तृत विवरण प्राप्त गर्न सकिन्छ।
३. काठमाडौं उपत्यकामा पनि ढललाई जोडेर वायो ग्याँस जोडी चुलोमै पाइप जोडिएका थुप्रै घरहरू छन् जो एल. पी. जी. ग्याँस प्रयोग नै गर्दैनन्।
४. काठमाडौं उपत्यकाको दक्षिणी भागमा मिथेन ग्याँस रहेको र यसले दश हजार परिवारलाई वीस वर्षसम्म खाना पकाउन ग्याँस पुग्छ भन्ने तथ्य अधुरो भएपनि सत्य रहेको हामी सवैलाई विश्वास छ।
के सम्भव होला त ग्याँस सिलिण्डर प्रतिस्थापन गर्न?
यदि प्रधानमन्त्रीले हसाउँने मनशायले भन्नुभएको होइन भने अठोट र आँटले काम गर्ने हो भने यो काम सजिलै पुरा गर्न सकिन्छ।
१. शहरमा ठूलो समस्याको रूपमा देखिएको फोहर मैलाबाट ग्याँस उत्पादन गर्न सकिन्छ। कृपया यो लिंक हेर्नुहोला।
https://www.youtube.com/watch?v=uppVZGS7bYI
२. कम्तीमा पनि ३ घरको सैप्टी टैंक जडान गरी १ घरलाई पर्याप्त हुने वायो ग्याँस निकाल्न सकिन्छ।
३. मुलुकमा चालुरहेको ठूला जलविद्युत योजनाहरुलाई संकटकाल घोषणा गरी छिटो छिटो सम्पन्न गराई हाल वजारमा रहेका इन्डक्सन चुलो मार्पत ग्याँसलाई प्रतिस्पार्थन गर्न सकिन्छ।
४. हाल पशु उत्पादनमा आएको कमीका कारण दुधमा परनिर्भरता बढ्दै गएको छ। शहरी र शहरोन्मुख वस्ती नै व्यवसायिक गाई भैंसी उत्पादनको लागि उपर्युक्त ठाउँ हो। दुई वटा भैंसीको गोवर र मुत्रले एक परिवारलाई खाना पकाउन पर्याप्त वायो ग्याँस उत्पादन हुन्छ। यदि एक लाख गाई भैंसी पाल्न सकियो भने पचासहजार परिवारलाई पुग्ने वायो ग्याँस उत्पादन गर्न सकिन्छ।
प्रधानमन्त्रीलाई उपहासको पात्र वनाइरहने हामी जस्तै नागरिक र उपहास बनेको हेरिरहने राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरू सवै होस्टेमा हैसैं गर्ने हो भने देशले उर्जा संकटवाट सजिलै निकास पाउनेछ। सकारात्मक सोचले अगाडि वढ्न जरुरी छ। परिर्वतन सम्भव छ।
लेखक सिभिल इन्जिनियर हुन्।
Email: [email protected]