अर्थमन्त्रीको मुख्य काम देशलाई विकाश र आर्थिक रुपमा अघि बढाउनु हो। देश विकाशको मुख्य साँचो अर्थमन्त्रीकै हातमा हुन्छ।
२०४६ सालपछि पटक- पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका रामशरण महतलाई बेलायती पत्रिका द बैंकरले 'एसिया प्रशान्त क्षेत्र र विश्वकै' उत्कृष्ट अर्थमन्त्री घोषणा गरेपछि नेपालको अर्थतन्त्र र विकाश माथि उठ्न नसक्नुमा मुख्य दोषी महतलाई नै देख्ने अधिकांश नेपालीहरु आश्चार्यमा परेका छन्।
विदेशमा पढेका रामशरण महतलाई भन्दा बाटोमा भिख मागेर गुजारा चलाउनेलाई अर्थमन्त्री बनाएको भए महतले भन्दा धेरै पैसा दातासँग माग्न सक्थ्यो।
असफल अर्थमन्त्रीको रुपमा पहिलो नम्बरमा नाम आउने व्यक्ति हुन् डा.महत। उनी सफल अर्थमन्त्री हुन् भने यी प्रश्नहरुको जवाफ दिनु जरुरी छ।
१) कति हजार युवाले स्वदेशमै योग्यता अनुसारको रोजगारी पाए? युवालाई देशबाट पलाएन हुनबाट रोक्ने कार्यक्रम खोई?
२) कृषि प्रधान देशबाट कृषिउपज विदेशमा निर्यात गर्नुपर्ने हो। बिडम्बना हामि लगभग सबै खाध्यान्न , तरकारी , फलफुल , माछामासु ,बिदेशबाट आयात गरिराखेका छौं। कृषिउपजमा आत्मनिर्भर र निर्यात गर्नसक्ने बनाउने कार्यक्रम खोई?
३)निम्न वर्गका जनताहरु प्रत्क्ष्य लाभान्वित हुने कार्यक्रम के छ डा.महतको?
४) लगानीको क्षेत्र किन बढेन? विदेशीहरु नेपालका ठूला- ठूला आयोजनामा किन आकर्षित भएनन्?
५) राष्ट्रिय हितका ठूलाठूला योजना खोई?
६) नेपालमा विकासका मेरुदण्ड कृषि, पर्यटन, जलस्रोतलाई उच्च प्राथामिकता र महत्व दिएर अघि सारिएका योजना खोई?
७) अर्थमन्त्रालय अन्तर्गत पर्ने राजश्व, भन्सारजस्ता सरकारी अड्डाहरुमा हुने भ्रष्टाचार रोकी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउने कार्यक्रम के बनाए उनले?
८) भएका उद्योगधन्दा उनकै पालामा चौपट भयो। नयाँ उद्योग, कलकारखानाहरु खुल्ने वातावरण किन चाहेनन्।
९) डा. महतको नीतिका कारण नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब देश बन्न पुग्यो। उनको योभन्दा ठूलो योगदान केही छ?