धन्यवाद अमितजी, दिपनारायणजीलाई एउटा पात्र बनाएर जनकपुरको अवस्थाको सजिव चित्रण गर्नुभएकोमा ।
मैले पनि २०४५ सालदेखी जनकपुरको समाज, राजनीति, विकाससँगसँगै दिपनारायणजीको जीवनको उतार चढाव देख्दैछु ।
२०४५ मा जनकपुर कलेजमा भर्ना भएपछि नै शहर बजार चौक चौराहा जताततै नेपाली काँग्रेस र नेविसंघको चर्चा थियो । जनकपुरको मुटुमा जनकचौक छ । जनकचौकको उत्तर पश्चिम कुना (जहाँवाट जानकी मन्दिर तर्फ जाने बाटो शुरु हुन्छ) को पक्की घरको पूर्वतर्फ फर्केको सानो कोठामा दिपनारायणजीको पत्रिका पसल थियो । दिउँसो ३-४ बजेतिर त्यहाँ खुबै भिडभाड हुन्थ्यो, खासगरि काँग्रेसी नेताहरुको । त्यतिबेला सबैभन्दा अत्याधिक विक्रि हुने पत्रिका हुन्थ्यो 'साप्ताहिक विमर्शु र 'देशान्तर साप्ताहिकु । कहिले काँही विमर्श र देशान्तरको लुछाचुडी नै हुन्थ्यो ।
आइएस्सीको पढाई सकेपछि २०४८ मा काठमाण्डौतर्फ लागेपनि साथी भाई, इष्टमित्रसँगको भेटघाटको लागि बर्षेनी जनकपुर गईन्थ्यो । हाम्रा पालामा जनकपुर कलेजको पढाई अत्यन्त राम्रो मानिन्थ्यो, खासगरि विज्ञान संकायको । सडक र बजार पनि ब्यबस्थीत थियो । राजनीतिमा मुल्य, मान्यता, त्यागको मात्रै चर्चा हुन्थ्यो । काँग्रेसभित्रको गुटबन्दी त्यतिबेला पनि थियो तथापी राजनीतिमा अपराध यतिबिघ्न मौलाएको थिएन ।
समयको क्रमसँगै प्रजातान्त्रिक काल, माओवादी जनयुद्ध, लोकतान्त्रिक एव्म गणतान्त्रिक कालको पदार्पन भयो । जनकपुरको सडक, कलेज, शहर बजार सबै दुर्गन्धीत हुँदै गयो ।
२०५० साल तिर हो क्यारे, दिपनारायणजीको पसल जनक चौकको पक्की घरबाट उत्तर तर्फको गल्लीमा एक गुम्टी (काठको सानो घर) मा सरेको थियो । २०६४ सालतिर जाँदा उनको पसल त्यस गुम्टीबाट पनि सरेर जनक मन्दिरको उत्तरी छेऊमा खुला आकासमुनी एक खाटमाथी सिमित हुनपुगेको थियो ।
दिपनारायणजीको यो उतार चढाबको साक्षी म जस्ता कैयौँ ब्यक्तिहरु छन् जसमध्ये महोत्तरीका पिपरा निवासी राकेश मिश्रा पनि एक हुन । हाल उनी विराटनगरमा कार्यरत छन् । हामी तराईका विभिन्न शहर र गाउँहरुको बारेमा चर्चा गर्दा जनकपुरको बारेमा राकेशजीको टिप्पणी हुन्छ, जसरी दिपनारायणजीको पत्रिका पसल पक्की घरबाट गुम्टी हुँदै खुला आकाशको खाटमा सिमित हुनपुगेको छ, त्यसरी नै जनकपुरको शहर, सडक, शिक्षा र राजनीतिको दुराबस्था छ ।
जनकपुरीया दिपनारायणजीको आक्रोस वा कुण्ठा वा असंतोष एक दिनमा पलाएको होईन, यो बर्षौको उपज हो । जनकपुर जर्जर भइसकेको छ । आजको जनकपुरको कुनै पनि पक्ष प्रशंसा योग्य छैन । आज जनकपुरले कसैलाई पनि लोभ्याउँदैन बरु एकपटक पुगेकाहरुलाई अब फेरी तुरुन्तै आउनु नपरोस सोच्न बाध्य पार्छ । तथापी मेरो कामना छ, जर्जर जनकपुरको जय होस । यस्तो थियो 'पत्रकारितामा माफियाकरण छु