मन्दिरले नि प्रेम बोल्छन्
मस्जिद पनि प्रेम नै बोल्छन्
चैत्यले नि प्रेम बोल्छन्
गुम्वा पनि प्रेम नै बोल्छन्
तामा तुलसी पित्तल सधै
देवल पाटी सत्तल सबै
मात्र प्रेम, प्रेम बोल्छन् ।
वाईवलले नि प्रेम बोल्छन्
पुराण पनि प्रेम नै बोल्छन्
त्रिपिटक र कुरान सवै
सधै सधै प्रेम बोल्छन्
इशा महिस अल्लाह सवै
व्रह्मा, विश्णु, बुद्द सधैँ
मात्र प्रेम, प्रेम बोल्छन् ।
पशुले नि प्रेम बोल्छन्
ढुंगा माटो प्रेम नै बोल्छन्
आगो पानी व्रह्माण्डले सधैँ
यहाँ प्रेम बोल्छन्
नीति नियम शास्त्र सबै
रिति रिवाज धर्म सधैँ
मात्र प्रेम, प्रेम बोल्छन् ।
घामले पनि प्रेम बोल्छन्
जूनले नि प्रेम बोल्छन्
जगत सारा सृष्टीलाई नै
सोधी हेर ! प्रेम बोल्छन्
मानिस हुनु भुल हो की
दुनिँया सारा लोक हेर !
मात्र प्रेम, प्रेम बोल्छन्।
मानिस हौ, मानिस भई
जिउन तिम्ले कहिले सिक्छौ
तिमी मात्र अपवाद हौ
प्रेम पाउन घृणा रोप्छौ
बाँच बचाउ, हाँस हसाँउ
जात, धर्म, वर्ग, विभेद
छोडी अब बुद्द बन्देउ।