आमा
हिजो भर्खर
भाइलाई फोन गरेथेँ
सबैलाई ठीक छ, रे।
भन्दै थियो भाईले
तर आमा
तपाईंँसंँग भने बोल्नै सकिन।
हो आमा
तपाईंसँग बोल्नै सकिन ।
अस्ति दसैंमा
फोन गर्दागर्दै
तपाईं भक्कानिएर रोएपछि
दिदीले सम्झाउनु भाथ्यो रे ।
यता म भने
ऊफ्.. .
केही पाऊन केही गुमाऊनुपर्छ
भन्दै मन बुझाऊँथे ।
तर आमा यो मन न हो
नभक्कानिएको र नरोएको त कहाँ हो र,
मेरो पनि ।
यसपालिको तिहारमा नि
गाउँ घर टोल छिमेक
झिलिमिलि बत्ति र फुलमालाले
सजाईएको होला ।
चोक चोकमा लङ्गुरबुर्जा
खेल्दै होलान भाईहरु ।
खुबै याद आऊछ आमा।
आमा यो चाडबाड नि
प्रदेशीलाई रुवाउनकै लागि
आउने रहेछ क्यारे ।
ऊता साथी भाइ
देऊसी र भैलोमा रमाऊदा
अनि पिङमा मच्चिएर
रमाईलो गर्दै हिड्दा
यता आफू भने
आईडि कार्ड झुन्डाएर काम मै जानुपर्छ ।
हो काम मै जानुपर्छ ।
नगए काम बाटै निकाल्छरे ।
कडा छ , हाकिम ।
आमा चार बर्ष भएछ ,
तिहारको सप्तरङ्गी टीका
नलगाएको नि।
दिदीले त भाईलाई
टीका लगाएर
जसोतसो मन बुझाऊलि ।
तर मैले
कसोगरी
मन बुझाऊनु आमा ।।।
भन्छन् नि आमा
मखमलि फूल को माला
कहिल्यै ओईलाऊदैन भनेर ।।
हो त्यसरी नै
यो जीवन यो प्रदेस मा
ओईलाएन भने
अर्को साल आऊला आमा
साच्चै अर्को साल आउला आमा
तिहार मान्नलाई ।।।।