साधारणतया कुनै अदालतले चुपचाप बस्ने व्यक्तिलाई मद्दत गर्न मिल्दैन।. त्यस्तो अवस्थामा विलम्वको कारण पनि मुद्दा खारेज हुन्छ। तर सर्वोच्च अदालतका केही कर्मचारीको मिलेमतोमा पुनरावेदक राजेन्द्रप्रसाद पण्डित विपक्षी टिपाल्जोर लामा भएको मुद्दा सर्वोच्च अदालतबाट मिति २०७०/१०/२८ मा झगडिया झिकाउने आदेश भई विपक्षीको वतनमा म्याद बुझाउन जाँदा नभेटी वडामा म्याद टाँस गरी ल्याएकोमा मैले पुनः सो म्याद बदर गरी राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी पाऊ भनी २०७०/१२/१ मा १५ दिने सूचना म्याद जारी भएको थियो।
विपक्षी अदालतमा हाजिर नभई मुद्दा पेशी चढेको देखिन्छ।. यसरी पछि २०७०/१२/१ मा १५ दिने म्याद सूचना दिई अदालतमा हाजिर नहुने व्यक्तिलाई सर्वोच्च अदालतका कर्मचारी फाँटवाला मेघनाथ उप्रेतीले पैसाको चलखेल गरी विपक्षीलाई २०७१/५/२० मा पहिला हाजिर भई छोडेजस्तो गरी तारेखमा बसेको देखिन्छ।. सोही मुद्दामा पु.वे.अ. पाटनबाट मा.राजेन्द्रप्रसाद पण्डितलाई हराउँदा यसै अदालतले केवल वडामा म्याद टाँस गरी बेपत्ते बनाई फैसला गरेको प्रष्ट छ।
यदि विपक्षी नआई नहुने भए किन पु.वे.अ. पाटनले पु.वे.अ. विपरीत फैसला गर्यो त? यस सम्वन्धमा मैले पूर्वप्रधानन्यायाधीश श्री रामकुमार प्रसाद साहलाई निवेदन दिँदा उहाँले कर्मचारी मेघनाथ उप्रेतीलाई स्पष्टिकरणसम्म सोधेको तर विपक्षीको गैरकानुनी तवरले भएको तारेख टुटाउनतर्फ कुनै कारबाही भएको पाइँदैन।
त्यसपछि मैले पुनः रजिष्टारज्यूको मा हुलाकबाट निवेदन पठाउँदा के कारबाही भएको छ? मलाई थाहा छैन।.यसरी सर्वोच्चका कार्यरत कर्मचारीले नै बदमासी गरी भएको कारबाही बदर नगरी अझ प्रोत्साहन दिने हो भने आगामी दिनमा त्यो नजिर बस्दैन र? अझ मैले यस सम्वन्धमा वर्तमान प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठज्यू दोस्रो नं.को न्यायाधीसको न्यायाधीस हुँदा उहाँको इजलासले यस्तै मुद्दामा नजिर स्थापित भएको छ.भन्ने सुन्नमा आएको छ। यी सम्पूर्ण कुरा राखी मैले वर्तमान प्रधानन्याधीश कल्याण श्रेष्ठलाई पनि निवेदन पेश गरेको छु।.तर कारबाही हेर्न बाँकी छ।.
मैले पाउने उत्तरः
(!) कुनै पनि मुद्दामा अन्तिमताको सिद्धान्त के हो? १५ दिने सूचना निकालेर विपक्षीलाई कसरी हाजिर हुन दिइयो?
(२) विपक्षी हाजिर हुनु ठुलो होइन होला तर आगामी दिन त्यो परम्पराको नजिर बस्दैन अनि त्यतिबेला सर्वोच्च प्रशासनले के गर्छ?
(३) यदि वादी प्रतिवादी हाजिर हुनुपर्ने बाध्यता छ भने मेरो उपस्थितिबिना पु.वे.अ. पाटनले पुनरावेदन अदालत नियमावली विपरीत कसरी फैसला ग¥यो त?
(४) सर्वोच्च अदालतले गरेको फैसला अझ वर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नजिर समेतलाई बेवास्ता गरी समय वेतीत भइसकेपछि पनि विपक्षीलाई हाजिर गराउने कार्य गैरकानुनी देखिन्छ। त्यसैले प्रधानन्यायाधीशलाई यसै प्रकाशित समाचारबाट मैले सर्वोच्च प्रसारण र कर्मचारीबाट भएका गम्भीर गैरकानुनी हरकतलाई पर्दाफास गर्न सेतोपाटीमार्फत् सम्प्रेषण गरेको छु। यसरी वर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठज्यूबाट आवश्यक सत्यतथ्य बुझी उहाँजस्तो निडर र इमान्दारी व्यक्तित्वले मैले उठाएका प्रश्न गलत भने मञ्जुरी छ। अन्यथा गैरकानुनी हरकत गर्नेलाई कारबाही गरी विपक्षीको तारेख टुटाई पाऊँ।
उजुरीकर्ता
राजेन्द्रप्रसाद पण्डित