विगत केही दिनदेखि विभिन्न छापा र इलेक्ट्रोनिक मिडियाहरुमार्फत् वीरगञ्जमा जारी मधेश आन्दोलनका मुख्य सारथीलाई बद्नाम गर्न खोजिएको छ। आन्दोलनलाई कमजोर पार्नकै निम्ति संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदिप यादवलाई बदनाम गर्न खोजिएको कुरा खुलेको छ।
केही सञ्चारकर्मीहरुले मधेश आन्दोलनलाई बद्नाम गर्न र नेताको चरित्र हत्या गर्न समाचार सम्प्रेषण गरेको देखिन्छ। मधेसका सपुतहरु इतिहासमा जबजब अधिकारको लडाईं भएको त्यसलाई बदनाम गर्न विभिन्न तरिकाबाट दलालहरु सक्रिय हुन्छन्। यसबाट कतै पनि विचलित हुनु पर्ने छैन्। संघर्षमा यस्ता कुरा स्वभाविक हो। मधेशी जमात यस्तो हर्कतप्रति सचेत रही अर्जुन दृष्टिलाई एकाग रुपमा अगाडी बढाउनु पर्ने छ।
हरेक ऐतिहासिक घट्नाजस्तै आन्दोलनको सुरुवात अर्थिक नगरी वीरगञ्जबाट नै भएको हो। त्यसको सुत्रधार भनेको संघीय समाजवादी फोरम पर्साका अध्यक्ष यादव र उनको 'टिम' हो।
कहिलेकाहीँ विवाद र चर्चाको घेरामा पनि देखिने यादवको व्यक्तिगत विचार नमिल्ने विभिन्न व्यक्ति र समूह होलान्। तर, आज भने उनको योगदानको कायल छ, आम मधेशी समुदाय र यहाँको बौद्धिक जमात। किन की स्थानियले धेरै नजिकबाट अवलोकन गर्दै छन् यसपालीको मुक्तिकामी आन्दोलनलाई।
अर्को सत्य के हो भने यसपालीको युगान्तकारी आन्दोलनलाई जति गरे पनि मत्थर गर्न सकिँदैन। वर्तमान समयमा मधेसमा भइरहेको आन्दोलन कुनै दल विषेशलाई स्थापीत गर्नका लागि होइन्। यो कुनै व्यक्ति विशेषलाई अगाडी बढाउने आन्दोलन होइन्। सम्मान, अधिकार तथा पहिचानको लडाईं हो। पुस्तौंसम्मको स्वभिमानको सवाल हो। सबैको सहभागिता र एकताको अहम् आवश्यकता छ।
साम्प्रदायिक पहाडीलाई यो आन्दोलन पचेको छैन्। उहाँहरुले यो आन्दोलनलाई तुहाउन भरमजदुर प्रयास गरेका छन्। अनेक अनर्गल प्रचार गरिँदैछ।
चन्दाको प्रचारबाजी
प्रदिप यादवले पैसा लिएर कलकारखाना चलाउन दिए भन्ने गलत प्रचार आन्दोलन तुहाउनेहरुले गरेका हुन्। प्रश्न यो उब्जिन्छ की, यस्तो आरोप लगाउने कथिक अगुवाहरुले आफैं गएर त्यसी सञ्चालित उद्योग बन्दको पहल किन गरेनन्? अरुलाई बदनाम गर्नैको लागि यस्तो हावादारी कुरा फैलाउनेहरुले गरेको पहल केही छ र? अरु उपाय नलागेपछि आन्दोलन तुहाउन त्यस्ता तत्वहरुले गरेको प्रपञ्च जनताले नबुझेकै हुन् त? मधेशी जनतालाई मुर्ख ठान्नेहरुको नकाब हटाउनै पर्छ।
प्रहरी एसपीसँग मिलेमतोको कुरा
इलेक्ट्रोनिक मेडियामा नक्कली कल डिटेल हालेर एउटा समाचार आयो। मोर्चाका नेता यादवले पर्साका एसपी दिवेश लोहनीसँग दिनहूँ कुरा गरेको कल डिटेल! 'कल डिटेल' एउटा कम्पयुटराइज पेपरमा अनाडी चालबाजले बनाएको जस्तो टाइप गरीएको कागजको फोटो खिचेर राखिएको थियो। त्यो कल डिटेलमा टेलिकमको नाम इत्यादी हुनुपर्ने थियो, तर यस्तो केही छैन। अझ कथित कल डिटेलमा नेपाली र अँग्रेजी भाषा प्रयोग गरेर किर्ते गरिएको छ। नेपाल टेलिकमका अधिकारीहरुका अनुसार कट डिटेल दुई भाषामा हुँदैन्। टेलिकमको सक्कली कल डिटेलमा टेलिकमको लोगो र लेटरहेड पनि हुन्छ। त्यसैले टेलिकम अधिकारीले कथित कल डिटेललाई फर्जी करार गरे।
मधेश आन्दोलन र यसका सच्चा अगुवाहरुलाई बद्नाम गर्ने कुतत्वहरु विरुद्ध सचेत मधेशी जनता होसियार हुने बेला आइको छ। ४५ जना मधेशी सपुतले ज्यान आहुति दिएर आन्दोलनले उत्कर्ष र उँचाई लिरहेको बेला तुहाउने प्रयास सफल हुन नदिने परिवर्तनकारी शक्तिहरु एक जुट हुन जरुरी छ। मधेशी जनताको आँखामा छर्रो हालेर गैर मधेशीलाई राजनीतिक सघाउ पुर्याउन सक्रिय रहेकाहरु सचेत हुन जरुरी छ। जिउ नै अलकत्रामा डुबेको व्यक्तिले अरुको तिल देखेर गिज्याउनु हुँदैन।