खै म कसरी कृतज्ञता व्यक्त गरौं?
मेरो प्रत्येक सपनिमा साथ दिइरहने,
मेरो प्रत्येक भोगाइमा अटल छाया प्रदान गरिरहने,
मेरो प्रत्येक नियात्रामा बेजोड साथ मार्गदर्शन गरिरहने,
मेरो सानो मानस पटलमा सदा प्रकृतिको सुन्दर, तस्बिरको
गुञ्जाहस गराईरहने,
प्यारा प्रकृतिका अमरत्व प्राप्त बिम्बहरू,
अन्तस्करणदेखि तिमीहरुलाई न्यानो सलाम छ!
खै म कसरी वर्णन गरौ?
कि मेरो यो स्मरणको भण्डारमा
तिम्रा मनमोहक तस्विरहरु कसरी जागृत भइरहेछन्,
न प्रत्यक्ष बोलाइ, न कुनै सामिप्यता र पनि मैले यो
सारा जीवन तिम्रो अथाह अनि अगाध प्रेमरुपी गुन्जायसका
मिठा तरेली सँग यापन गरीरहेछु,
हो म तिम्रो सृष्टि देखि पूर्ण नतमस्तक छु, सदा आभारी छु,
तिम्रो विभेद रहित सुन्दर बगैचामा म र म जस्तै करोडौ प्राणिको
उदय भएको छ, केवल तिम्रो सपना सजाउनको लागि यो धर्तिमा
सृजना गरेको छौ,
तर यहाँ त नियमहरू तिमीले सृजना गरेका दिननै टुटाउन
लालायित छन्, तिम्रा सृष्टिका दुर्मानवहरू, जसले मानवतालाई देख्न
सक्दैन,जसले तिम्रो सुन्दर गाथा विच जीवनको औचित्य बुझ्न सक्दैन,
छाडी देउ उनीहरुको भूल सम्झि, ति पनि भोलि तिम्रै अस्थित्वमा विलय हुनेछन्,
यसर्थ, महानताको पनि महान उदाहरण हौ तिमी,
हो प्रकृति तिम्रो सृजनाको एउटा अंश हौ हामी,
तिमी प्रतिको यो कृतज्ञता भोलि माटो भएर पनि तिर्ने प्रयास गर्नेछु।