तरकारी: के हो साथी आजकाल त तिम्रो निकै भाउ बढ्या छ रे , त्यस्तो नगर न हउ ..तिमी बिना त हाम्रो कुनै भ्यालु नै भएन...।
प्याज:- ए हो त अहिले देशमा भाउ बढेको भनेको मेरो , मधेसीदल तथा थारुदलहरुको त हो नि।
तरकारी: - अनि अब हाम्रो भेट असम्भव नै हो त??
प्याज:- लगभग असम्भव नै भने हुन्छ।तर तिमीहरुसित भेट गर्न हाम्रा केहि सर्त/ मागहरु छन् मानिसहरुसँग।
तरकारी: भन न कुरा पुर्याईदिउँला मानिसहरु समक्ष।
प्याज: - मेरा मागहरु :-
१. म अब भुटुनभन्दा महङ्गो भै सकेँ त्यसकारण भुटुनभन्दा पहिले मलाई कराईमा हालिनुपर्छ।
२. अनि हामीलाई काट्दा मानिसहरु आँशु चुहाउँछन् त्यो तत्काल बन्द हुनुपर्छ।
३. अब उप्रान्त हामीलाई सडकका पेटीहरुबाट बिक्री बितरण नभएर बकाईदा हाम्रो सुरक्षा सहित सटर सहितका पसलहरुबाट हुनुपर्छ। र हामीलाई तरकारीमा हाल्दा आधी काटेर हाल्ने र आधि अर्को छाकका लागि राख्ने मानिसहरूको यो प्रबृतिको दोडदार बिरोध पनि गर्दछौं। अब उप्रान्त कि त हाम्रो प्रयोग डल्लै होस या त हुँदै नहोस।
४. र चौथो देशमा प्रदेशहरु बन्ने भन्ने सुन्दैछु हामी प्याजहरु पुस्तौँदेखि नेपालका बिभिन्न भागमा उत्पादन हुँदै आएका छौ त्यसकारण हामी यस देशका आदिवासी हौ त्यसकारण हाम्रो सर्वाङ्गिण बिकासका र बिदेशी प्याजहरुको उत्पिडन र दबदबाको अन्त्यका लागि हामी छुट्टै प्रदेशको माग गर्दछौ र लसुनको जस्तै हाम्रो पनि संधै महङ्गो बिक्रि बितरण होस भन्ने दोड्दार माग गर्दछौ।
तरकारी: - ओहो .......तिम्रा माग सुन्दा लाग्यो हाम्रो अबका दिनहरुमा भेट अत्यन्त पातलो होला जस्तो छ।रै पनि यि मागहरु अवस्य मानिसहरु समक्ष पुर्याउने छौ।
# जय_प्याजेस्वरीमाता