हो मार प्रहरीलाई
खोजि खोजि मार
छ बन्चरोले मार
छैन, जिउदै जलाई मार
नरहोस् कतै शान्ति
सेनालाई पनि मार
मार सबैलाई
नरहोस् नेपाल न रहोस नेपाली
नेपाल मुर्दावाद भन्दै मार
नेपाली मुर्दावाद भन्दै मार
हामीलाई सहयोग गरेकाले मार
भूकम्पमा परेकालाई बचाएकाले मार
बन्दुक साथमा हुदाहुदैपनि प्रहरीसँग
पहिला गोलि नठोकेकाले मार
देश जोगाउन चाहेको त्यो प्रहरी
त्यसैले खोजी खोजि मार
हुन त म पनि प्रहरी त होइन
तर पनि,
कतै कतै देश जोगाउन चाहने म
त्यसैले मलाई पनि बाकि नछोड
मलाई पनि जिउदै जलाई मार
यदी कोहि कसैले गर्वको साथ भन्छ
म सच्चा देशभक्ति नेपाली हो
हो , त्यो नेपालीलाई पनि मार
सबै ३ करोड भित्र को को छन् नेपाली
सबै नेपालीलाई खोजि खोजि मार
न रहन्छ नेपाली न रहन्छ नेपाल
न रहन्छ तराई न रहन्छ हिमाल
अनि बल्ल रहन्छ सबैतिर समानता
अनि बनाए हुन्छ ढुक्कसाथ सङ्घीयता
त्यसैले
मार प्रहरीलाई
खोजि खोजि मार
छ बन्चरोले मार
छैन, जिउदै जलाई मार
नरहोस् कतै शान्ति
सेनालाई पनि मार