हुँदै नभएको विषयलाई उठाएर एक पक्षीय समाचार मार्फत् निजी मेडिकल कलेजहरुमाथि प्रहार गरिएको भन्दै निजी मेडिकल एण्ड डेन्टल कलेज एशोशिएसनले आपत्ती जनाएको छ। केही मिडियाले मेडिकल कलेजहरुको नाम जोडेर नेपाली समाजमा भ्रम फैलाउने किसिमका समाचारहरु योजनाबद्ध ढङ्गले प्रसारण गर्न थालेपछि एशोशिएसनले यस्तो आपत्ती जनाएको हो। नक्कली बिरामी भर्ना गरेको भनेर गलत प्रचार बाजी गरेको भन्दै निजी मेडिकल कलेज सञ्चालकहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।
नक्कली बिरामी भर्ना गरेको भनेर समाचार बाहिर आएपछि निजी मेडिकल कलेज संचालकहरुले समाचार प्रति आपत्ती जनाउदै सत्यतथ्यमात्रै बाहिर ल्याउन आग्रह गरेका हुन्।
एशोशिएसनका अध्यक्ष डाक्टर भोला रिजालले देश संकटमा परेका बेला केहि व्यक्ति धमिलो पानीमा माछा मार्न लागेको भन्दै दुःख प्रकट गरे। उनले पछिल्लो समय केहि व्यत्ति तथा समुह नेपालको मेडिकल शिक्षालाई धरासायी बनाउने खेलमा लागेकाले त्यस्ता केही व्यक्ति तथा समूहले स्वास्थ्य सेवा मार्फत् राज्यलाई महत्वपूर्ण योगदान दिइरहेका मेडिकल कलेज र सरकारलाई होच्याउने अनि जनतालमा भ्रम पैदागरी मेडिकल क्षेत्रलाई धरासायी बनाउन लागी परेको बताए।
'लामो समय देखि हामीले विभिन्न स्थानका बृद्धाश्रमा रहेका आमा बुवाको नि:शुल्क उपचार गर्दै आएका छौं', रिजालले भने, 'आज सेवानै धर्म हो भन्ने मुल मर्मकासाथ आश्रममा रहेका आमा बुवालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागी अस्पताल भर्ना गरिरहेको अवस्थामा योजना बद्ध तरिकाले नक्कली भनेर प्रचार गरी जेष्ठ नागरीकको स्वास्थ्य सेवा पाउने अधिकार माथि अपमान हुनेगरी भ्रामक प्रचार गरियो।'
नक्कली बिरामी भनेर अडियो सार्वजनिक गरेपनि नक्कली भनिएका बृद्ध बृद्धाले आफूलाई हरेक बर्ष हस्पिटलले नि:शुल्क स्वास्थ्य सेवा दिँदै आएको र आफ्नो स्वास्थ्य समस्या स्पष्ट सुनाएका छन्। उनले जेष्ठ नागरीकलाई सबैले सम्मान गर्नुपर्ने पनि धारणा राखे।
डाक्टर रिजालले, जेष्ठ नागरीकको अधिकारको सम्मान गर्नु र उनीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको भन्दै निजी क्षेत्र पनि राज्यको सहयोगी निकाय भएकाले राज्यले दिने सहयोगकै रुपमा हामीले पनि आफ्नो दायीत्व सम्झेर बृद्ध बृद्धालाई उपचार दिदै आएका छौ। यसरी नि:शुल्क दिदै आएको सेवामा नै प्रश्न उठ्ने गरी योनजा बद्ध ढङ्गले लाग्नु आफैंमा आश्चर्यको विषय भएको डाक्टर रिजालले बताए। यस्तो विषयलाई भ्रामक ढङ्गले प्रचार गर्न कुनै पनि नैतिकताले नदिने समेत डाक्टर रिजालले बताए।