उ फूलको हाँसो हाँस्थ्यो
मेरो आँखाको नानी
मेरो सपनाको संसार
मेरो सुनौलो भविस्य
मेरो सन्तान!!!
मेरो सन्तान के भन्नु-
उ भन्नु, म नै त थिए
त्यो निर्दोष चेहरा,
त्यो अट्टहास हाँसो
सिंगो आकाश ढाक्ने बाहु
र पृथ्बी उचाल्ने साहास
उ, म थिए
म, उ थियो
मेरो भविष्य-
उसको आँखामा हाँस्थ्यो
म उसको छायाँ बनेर पछयाउँथे
त्यो कलिलो मुटु,
स्वर्णिम अधर
पवनझैँ कोमल स्पर्स ......
बल्दै गरेको बत्ति,
उदाउँदै गरेको सूर्य
फक्रदै गरेको कोपिला ..
हाय !!!
म हार्दिन भन्थ्यो
म डराउँदिन भन्थ्यो
साच्चै!! साहासी रहेछ -
तोडेर मेरो भरोसा
चुडेर मेरो कलेजो
तारा बनेर….आकाशमा चम्कने
सोध्थ्यो मान्छे मरेर कहाँ जान्छ? पापा!
र दुखाउँथ्यो यो मुटु
अहिले थाहा पाए,
मरेर मान्छे,
हृदयमा बस्दोरहेछ
मेरो आस्था, मेरो विश्वास
त्यो कलिलो मुना
र निर्जिव ईश्वर
कस्तो नमिल्दो तालमेल
उ त्यहाँ.....
आकाशको पल्लो कुनामा
मेरो आँखाको नानी
म देख्छु -
जुन जस्तै शितल, मुस्कुराउँछ
र गिज्याउछ मलाई!
लाटा!!
त्यो आकाशमा चम्कने, म पो तः
तँ भित्र मरेको, म पो तः
तँ त यही छस् -
तल पृथ्वीमा
म भित्र बाँचेको !!
आखिर म , तँ थिए
तँ, म थिइस् !!!