बिन्ति नरोऊ आकाश,
धर्तिमै आँशु
सुकेका छैनन् अँझै
तिम्रा आँशुले
पग्लिनेछिन् धर्ति माता,
र बग्नेछन् कति खुसी
अनि सपनाहरू,
टुटाउँदै सारा विश्वासका कडिहरू
भैगो नरोउ आकाश,
बाँच्न देउ बरू
कठ्याङ्ग्रिएका मुटुहरूलाई
अब त आशाका किरण
छर्ने बेला पो भैसक्यो,
अब त नयाँ फूल
फुलाउने बेला पो भैसक्यो
बरू चन्द्रमाको शितलता छरिदेउ
बिहानीको घाम झुल्काइदेउ
तर बिन्ति नरोउ आकाश,
तिमी रुँदा फेरि दुख्छन् ति पिल्सिएका मुटुहरु
तिमि रुँदा फेरि भक्कानिन्छन् ति मनहरु