आकाशलाई बादलले छोप्दा
धर्तिलाई घामले छोड्दा
दुःखी हुने मान्छे म
देशको भूमीलाई चोट पर्दा
देश विरहमा डुब्दा
कसरी हाँस्न सकूँ
बर्खायाममा खोला सुक्दा
जंगललाई पटझडले समाउँदा
दुःखी हुने मान्छे म
देशलाई महाविपद् पर्दा
जनता सबै दुखी हुँदा
कसरी हाँस्न सकुँ
फुलेको फूल माटोमा झर्दा
माटोको भाँडो चर्किदा
दुःखी हुने मान्छे म
देशका घरहरु चर्किदा
देशवासी घरबार बिहिन हुँदा
कसरी हास्न सकुँ
तासको घर भत्किदा
खेलौना घर चर्किदा
दुःखी हुने मान्छे म
देशले सौर्दय गुमाउँदा
देवताको बास मान्ने मन्दिर भत्किदा
कसरी हास्न सकुँ
कसैलाई घाउ हुँदा
कोही कहि लड्दा
दुःखी हुने मान्छे म
छोराछोरी टुहुरो हुँदा
आमा बुवाले सन्तान गुमाउँदा
कसरी हास्न सकुँ