१ तपाईँहरू राहत वितरणमा जाँदा वास्तविक पीडितलाई भन्दा आफ्नो भोटर र कार्यकर्तालाई दिएको व्यापक चर्चा र आरोप छ।
२ तपाईँहरू जादा एकथरी कार्यकर्ता आउने र अर्कोथरीले बिरोध गर्ने स्थिति आउँदैछ।
३ तपाईँहरू जाँदा तपाईँको मान सम्मान र रेखदेखमा पुलिस, प्रशासन र कार्यकर्ता खट्नु पर्नेहुँदा राहत वितरणमा बाधा हुनसक्छ।
४ त्यसैले मुख्य दलका नेताहरु सामूहिक रूपमा जाने, अवलोकन गर्ने, अनुगमन गर्ने तर राहत बितरण गर्नको लागि सेना र प्रहरीलाई नै अगाडि सार्ने कि?
५ बरु तपाईँहरू सबै मिलेर तुरून्तै राहतको पूर्ण प्याकेज तयार गर्न सरकार र संसदलाई सहयोग गर्नुहोस्।
६ अब वर्षा सुरूहुने समय आउँदै छ। करिब ४५ दिन भित्र कसरी लाखौ घर बनाएर सबैलाई छानो मुनि राख्न सकिन्छ? त्यो सोच्नुहोस।
७ भत्केको स्कुलहरुको निर्माण कसरी र कहिलेसम्म गरेर पढाई कहिलेदेखि सुरूगर्ने मिलाउनुहोस्।
८ प्रत्येक जिल्लामा राम्रो समन्वय गर्नको लागि गृह, परराष्ट, अर्थ, रक्षा र अन्य केही जरूरी बाहेकका मन्त्रालयको सचिवहरूलाई कमान्डरको रूपमा खटाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुहोस्।
९ राजनीति स्वार्थ र भोटको राजनीति छोडेर तुरुन्तै प्रलयबाट देश र जनतालाई मुक्ती गराउने अभियानमा लाग्नुहोस्। यो कठिन अवस्थामा बिबेक नगुमाउनुहोस्।
१० नत्र त भत्किएको घरले थिचोमिचो पारेको भन्दा तपाईंहरुको व्यबहारबाट हामीले बढी पीडा पाएको अनुभुती गर्नेदिन आउनसक्छ।
निलकण्ठ शर्मा लम्साल
फलेवास, पर्वत
हाल काठमाडौं