संविधान भनेको जुटाउने आउनु पर्छ, फुटाउने होइन जातीयताको नाममा प्रक्रिया शुरू भएको छ, तर चुनौती नि बढ्दो छ। फरक मत राख्दै संविधान बनाउनेमा सहयोग गर्नु नै माओवादीका लागि उत्तम विकल्प होला। तर दुई तिहाईको नाममा पेलेरै लानु नि खत्तरामुक्त भने छैन र भविष्यका दिनमा भुलको रूपमा चित्रण नहोला भन्न सकिन्न।
सके लचकता सहितको सहमति नसके सर्वमान्य खालको खाका र विवाद भएका विषयवस्तुमा जनमतमा जानु सावधानीपूर्ण चाल हुनसक्ला र दुरदर्शी खालको संविधान आउन सम्भव होला। संविधानसभामा कदापि प्रतिपक्ष जस्तो जत्था हुँदैन र हिजोको ठूलो जत्था आज खुम्चिएर सानो भयो भन्दैमा र यिनले राखेको फरक मतलाई पेलेर जानु वर्तमानलाई ठीक होला तर भविष्य अन्धकार हुन्छ, आत्मघाती हुन्छ अन्यथा फेरि पनि द्वन्द र ढुंगे युगमा देश धकेलिनु कदापि ठीक होइन।
कुशल नेतृत्वको गुण समस्याको दिर्घकालिन समाधानमा देखिन्छ न कि पन्छाउनेमा!
हामी त चाहन्छौ अबको संविधानले हरेक हक अधिकारको सुनिश्चित गरोस्, वैद्ध-विप्लवले फेरि सोझासाझा जनता उठाएर मुलुकमा अशान्ति र द्वन्द ल्याउन सहयोग गर्ने खालको संविधान पनि स्वीकार्य छैन। सहमति आवश्यक छ मुलुकको हितमा तर सहमति र सबैको माग, अधिकार अटाउने संविधान भन्दैमा तराई टुक्राउने खालको सिके राउतको माग,कमल थापा र खुमबहादुर खड्काको हिन्दु राज्य र मिलेसम्म राजसंस्था खालका माग कदापि संबोधन हुनु जायज होइन।
आशा गरौ सबैले हठ त्यागुन र संविधान बनाउनेमा एकजुट हुन्। भगवानले सद्बुद्धि दिउन! जय होस्!
-संजय गेलाल
चाँगु-५, भक्तपुर
हाल: काठमाडौं मेडिकल कलेज, सिनामंगल (डाक्टरी अध्ययनरत)