ओहो संविधानसभाको बैठक
न तरकारी बजार न हो चुलो
संविधानको मस्यौदा भन्या त
पोका पोका खुर्सानीको धुलो
न छ अध्ययन न छ सोधखोज
छैन कतिलाई संविधानको वोध
“हामीलाई के थाहा आम्मै”
हाम्रा नेता भनाउदालाई सोध
संविधानसभा तोडफोड गर्ने नै
नियम कानुनका भक्षक भए
नेपाली पोशाकमा मर्यादा पालक
देश जनताका रक्षक भए
नाम के होला? कुन पार्टीको?
माननीयज्यू नमस्कार
छुद्र व्यवहारले शरीर खान तलासी
सभासदलाई नाङ्गेझार