नेपालको राजधानीमा अस्थायी रुपमै भएपनि बसोबास गरेको दुई दशक पूरा भैसकेछ। यति लामो बसाईमा अनगिन्ती पल्ट राजधानीलाई फन्को लगाईयो। तर, आज राजधानीको फन्को लगाई मेरो लागि अति नै विशेष भयो।
जब म गाडी चलाईरहेको थिए, सडकको दायाँबाया र कतै बीच तिर लगाईएको विरुवा अनि टलक्क टल्किएको सडक र अति व्यवस्थित ट्राफिक जसले मलाई कुनै विकसित देशको शहरमा भएको आभास गरायो। त्यस आभासले म एक मनले खुशी पनि भएँ तर अर्को मनले थुप्रै कुराहरु सोँच्न थाले।
एक समाजिक कार्यकर्ता भएको हुनाले मेरो मनमा एक थेगो याद आयो जुन “दातालाई देखाउँने दाँत”। मैले यी रातारात र जबरजस्ती गरिएको सार्क सम्मेलनको तयारीलाई हाम्रो राज्यले सार्क सम्मेलनमा आउँन लागेका विशिष्ट पाहुनालाई स्वागत गर्नभन्दा पनि दाताहरुलाई देखाउँन तयार गरिएको दाँत जस्तै लाग्यो।
हुन त सरकारले समाजिक कार्य गर्ने धेरै संस्थाहरुलाई अक्सर आफ्ना दाताहरुलाई देखाउँने काम मात्र गर्छन् र पाएको सहयोगलाई सदुपयोग गर्दैनन् भन्ने आरोप लगाएको हामी विभिन्न माध्यमहरुबाट सुन्छौँ तर त्यसमा कति सत्यता छ वा छैन हामीले नै मूल्याँकन गर्न जरुरी छ र त्यसको उचित अनुगमन र मूल्यांकन हुन जरुरी पनि छ।
तर, आज सरकार स्वयंले चाहिँ प्रमाण सहित सबै जनताको अगाडी यस कुरा प्रष्ट पारेको छ। फोहोर र गन्धले कहिल्यै शुद्ध नभएको राजधानी आज रातारात मगमगाउँन थालेको छ, खाल्डा र खुल्डी सडकहरु आज रातारात कालो पत्रेले लिपिएको छ, रात परेपछि राजधानीकै घरहरु पनि चकमन्न अध्यारो हुने सहरमा आज सोलार बत्तिहरु चम्किरहेका छन्।
हरियोको मुख देख्न नपाउँने सडकका दायाँ वायाँ एकाएक विरुवाहरु पलाएका छन्। यस्तै यस्ता कार्यहरु करोडौँ रुपैँयाको खोला बगाएर दातालाई देखाउँने दाँत लगभग तयार भैसकेको छ। केहि हदसम्म वा यो भन्दा धेरै हदसम्म राजधानीलाई सिर्गानको लागि दाताहरुले जो पाहुना भएर सार्क सम्मेलनमा आउँदैछन् कति दान दिए होला नेपाललाई त्यसको हिसाब किताब हामीसँग छैन होला।
अनि त्यहि दानको काम देखाउँन वा दाताहरुलाई नाराज नबनाउँनको लागि हाम्रो सरकार तयार भएको छ। यदि यसो हाईन भने हामीले सार्क सम्मेलनका हाम्रा छिमेकी राष्ट्रहरुलाई पाहुनाको रुपमा मात्र स्वागत गर्न लागेका भए, यत्रो नौटंकी गर्न जरुरी थिएन र अनाआवश्यक रुपमा करोडौँको खोला रातारात बगाएर राष्ट्रको ढुकुटी रित्ताउँन जरुरी थिएन। यसमा खर्च भएको ठूलो रकम कुनै दिर्धकालीन विकासको कार्यमा खर्चिन सकिन्थ्यो। पाहुना सत्कार त आफ्नो जे छ त्यही क्षमताले पो गर्नु पर्छ त त्यो देखाउँनलाई गर्ने होइन नि हौइन र? आशा गारौँ हाम्रा दाताहरु खुशी नै भएर फर्किनेछन्। र आजको राजधानी अब फेरी हिजोको अवश्थामा कहिल्यै नफर्कियोस।
शान्त कुमार भण्डारी
सामाजिक कार्यकर्ता
गोदामचौर, गोदावरी, ललितपुर
E-mail: loliso.shanta@gmail.com