लापरबाहीको पनि एउटा सीमा हुन्छ। चरम लापरबाहीले आज निर्दोष र निष्कपट मानिसको ज्यानै गएको छ। यस्तो दु;खद घटनाको सामना आखिर कहिलेसम्म? गम्भीर मानवीय दुर्घटनाले बिचरा बिष्णु लुईटेललाई के थाहाँ आफ्नी ममतामयी आमा (सन्ता लुईटेल) यस संसारबाट सधाको लागि बिदा भईन भनेर।
ती सानो बालक आफ्नी आमा कहिले आउलिन भनेर कति तड्पिए होलान जो कोहिले पनि सहजै अनुमान लगाउन सकिन्छ। घरमा जो जसको आगमन हुन्छ उसै-उसैलाई ममी खोई ? ममी त हिजै आउँछु भन्नु हुन्थ्यो तर, आजसम्म आउनु भएन भनेर प्रश्न गर्दा आफन्तको मुटु कति कटकट भएको होला ।यो ट एउटा उदाहरण मात्र हो।
दिनानुदिन दोहोरिएका छन् यस्ता घटनाहरु त। यस्ता दुर्घटनाहरु दिनहुँ कम हुदै जानुपर्नेमा झन् फस्टाउँदै उकालो लागिरहेका छन् ।यस्तो मानवीय दुर्घटनाहरु दोहोरिएर धेरैको घर अनि पीढ़ीको रोषनी नांगिएको छ। यसको जिम्मा कसले लिने? यस्तो दु ;खद दुर्घटना आखिर कहिलेसम्म? सडक यतायतमा यस्तो जानीजानी गरिएको लापरबाही कहिलेसम्म? आज धेरैको गाउँ अनि सहर उजाडिएको छ। आफन्तको सम्झनामा तस्बिरहरु हेर्दै कति मन हरु रोईरहेका छन्। त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ होइन र?
यस्तो किसिमको दुर्घटना प्राबिधिक कारणले मात्र नभई चालकको लापरबाहीले भएको देखिन्छ।
दिनानुदिन यस्ता घटना दोहोरिने प्रमुख कारणमा मानवीय कमजोरी नै देखिन्छ। साथै सडक दुर्घटनाको पछाडि सवारी चालक, यात्रु, ब्यावसायीक आदि कुराहरु व्यस्थित हुन नसकेको देखिन्छ। क्षमताभन्दा बढी यात्रुहरु राखेर ओहर दोहर गर्ने, सडकको अवस्था कस्तो छ विचारै नगरि चालकले गाडी कुदाउने, मदिरा सेबन गर्ने, मोबाइलको अधिक प्रयोग, ट्राफिक नियमको पालना नगर्नु, लामो यात्रामा एउटा मात्र चालक भएर चालकलाई आराम नहुनु, धेरै वर्ष अगाडिका पुराना र जीणे साधनलाई रङरोकन गर्दै सडकमा नयाँ देखाई कुदाउँनु जस्ता प्रवृतिले गर्दा आज यस्ता दुर्घटनाहरु बारबार निम्तिरहेका छन्। यस किसिमको दुर्घटना नदोहोर्याउन हामी यात्रुहरु पनि उतिकै सजग हुनुपर्छ।