नेपालीहरुको महान र रमाइलो पर्व तिहार घर आँगनमा आइसकेको छ । दाजुभाइ र दिदीबहिनीबीच आत्मीय सम्बन्ध प्रगाढ बनाउने तिहारको आफ्नै बिशिस्ट महत्व छ । बारीका काल्ला भरि ढकमक्क फुलेका मखमली र सयपत्रीको फूल, गाउँ शहर झिलिमिली र तिहारको बेला खेलिने देउसी भैलोले बाताबरण झनै रमणीय बनाइरहेको हुन्छ।
रातको समयमा गाउँशहर झिलिमिली हुने हुनाले पनि देउसी भैलो रातको समयमा खेल्नुलाइ नै रमाइलो मानिन्छ र खेल्ने गरीएको छ। लक्ष्मी पूजाको दिन साँझ पख घरघरमा लक्ष्मी पूजा नगरी भैलो खेल्ने त कुरै हुदैन । देउसी भट्याउदा भनिने झिलिमिली झिलीमिलि, के को झिलिमिली, बत्तिको झिलिमिली जस्ता धेरै शब्दले पनि देउसी बिशेष गरि रातिकै समयमा खेल्ने कुरा बताई रहेको छ । देउसी नेपालको पुरानो लोक संस्कृति हो र हिन्दु संस्कृति मान्ने भित्र पनि देउसी नेपालमा मात्र खेलिन्छ ।
अहिले संकटकाल, युद्धकालको समय नभएको यो समयमा पनि सुरक्षा कारण देखाउदै गृह मन्त्रालयले ७ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गर्दै कारबाहीको चेतावनी दिएर विज्ञप्ति निकाल्नुले कतै नेपालीको आफ्नो मौलिक सास्कृतिक परम्परा प्रति बन्देज लगाउदै जान लागेको हो की भन्ने देखियो ।
संकटकालमा पनि ७ बजेबाटै देउसी भैलो खेल्न प्रतिबन्ध थिएन । गृह मन्त्रालयले अघिल्लो बर्ष रातको ११ बजेसम्म देउसी खेल्न पाउँने बताएको थियो । हुदाहुदै यो बर्षबाट त ७ बजेबाट नै देउसी भैलो खेल्ने प्रतिबन्ध लगाउने प्रयास गरिदै छ । गृह मन्त्रालयको त्यो नियत थिएन् होला , तर पनि गृह मन्त्रालयको यो निर्णय प्रति सामाजिक संजालमा आएको प्रतिक्रिया हेर्दा यसलाई नेपालीहरुले नेपालको मैलिक परम्परा प्रति सरकारी आक्रमणको रुपमा बुजेका छन् र निकै आक्रोशित देखिएका छन् ।
पश्चिमा गायककार नेपाल आएर कहिँले दशरथ रंगशालामा त कहिँले टुडिखेलमा हजारौ नेपाली भेला पारिर मध्य रातसम्म कन्सर्ट गरेर बस्दा केहि भएन । तर, आज देउसी भैलो खेल्दा ७ बजेबाट अवाञ्छित गतिविधि हुने खतरा गृह मन्त्रालयले देख्यो । कस्तो बिडम्बना ?
तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग नगर्न गृह मन्त्रालयले गरेको आग्रह नकार्न नसकीएला । तर ७ बजे पछि नै देउसी भैलो नखेल्न गरेको अनुरोध चाहिँ पटक्कै न्यायाचित देखिएन् । देउसी भैलोको नाममा अवाञ्छित गतिविधि देखिए आफ्नो सुरक्षा उपस्थिति बढाएर त्यसलाई नियन्त्रण गर्नु गृह प्रसासनको अधिकार र कर्तब्य हो । तर अघोषित रुपमा देउसी भैलो नखेल्नु भन्नुलाइ केबल बगीरहेको खोलालाइ छेक्ने प्रयास हुनेछ ।
छिट्टै आफ्नो निर्णय पूर्णविचार गर्दै तिहारको झिलिमिली उज्यालोमा ढुक्कले देउसी भैलो खेल्दै रमाइलो गर्ने बाताबरण बनाइदिन म गृह मन्त्रालयसँग अनुरोध गर्छु ।