म कसरि हुन सक्छु खुसी ?
देश पीडामा भएका बेला
धेरैको घर डुबेको छ
कतिको सन्तान गुमाएका छन्
कति कोमामा
जीवनका अन्तिम सास फेर्दै छन्
कति भोकभोकै दिन काटेका छन्
अनि कति शरीरसम्म ढाक्न नसकेर
चिसोले निमोनियामा भएको छ।
म कसरी हुन सक्छु खुसी?
कति सीमा स्थम्भ हराएका छन्
कतिको अस्तित्व लुटिएको छ
अनि उनी आफ्नै देशमा
दिनदहाडै बलात्कारको सिकार भएकी छिन्
म कसरी हुन सक्छु खुसी?
संबिधान निर्माण गर्न बनेको
संबिधान सभालाई गाईजात्र देखाउँदा ठीक्क छ
कत्तिलाई बन्द हड्ताल गर्दा ठिक्क छ
जनताका लागि लडेको रे
तिम्रै बन्दले आज कतिको पेट भोको हुने हो
अनि कसरी हुन सक्छु म खुसी ?
विद्यार्थीका लागि राजनीति गर्छौ रे
अनि विद्यार्थीकै शरीरमाथि तातो चियाको उपहार दिन्छौ
उनको अस्मितामाथि धाबा बोल्दा पनि मौन छौ
तिमी जनताका सेवक हौ रे
आफ्नै अगाडि तस्करी गरेको नदेख्ने गरि बस्छौ
भारी बोक्ने भरियालाई छोपेर सास्ती दिन्छौ
म कसरि हुन सक्छु खुसी ?
तिमी न्याएको सर्बोचमा बसेर निर्णय गर्छौ
अनि बलात्कारीलाई कसुर नपुगेको भनि छोड्छौ
अनि तिम्रो निर्णयको बिरोध गर्नेलाई
मानहानिको मुद्दा भिराउँछौ|
म कसरी हुन सक्छु र खुसी?
तिमी आखा अगाडि
कालोबजारी, घुसखोरी गरेको
टुलुटुलु हेरेर बस्छौ
शान्ति सुरक्षाका नाममा जनतालाई सधै सास्ती बाढ्छौ ...
...म कसरी हुन सक्छु खुसी?