राप्रपा नेपाल अब रगत र पसिना बगाउने पार्टी 'स्कुलिङ्' मा हुर्किएका कार्यकर्ताको पार्टी रहेन। किनकि, कार्यकर्ताको रगत, पसिना,श्रम र लगानी केबल पार्टी अध्यक्ष कमल थापाका भाई गणेश थापा, निवर्तमान सह-अध्यक्ष पद्मशुन्दर लावतीकी बुहारी बबिना लावती र पार्टीका बरिष्ठ नेता केशरबहादुर बिष्टका छोरा बिराज बिष्टजस्ता पात्रमा केन्द्रीत हुन पुग्यो।
कमसेकम सबै कार्यकर्ताका अभिभावक पार्टी अध्यक्षले त बिवेक पुर्याउनु होलाकी भन्ने ठानेका हामी जस्ता कार्यकर्ताका भावनामा पनि यस्तो निर्णयबाट ठेस लागेको छ। थापा ,लावती र बिस्ट आफ्नो क्षेत्रमा विशेष ब्यक्तित्व हुँदाहुँदै पनि राप्रपा जस्तो भर्खर मुना पलाउदै गरेको पार्टीमा उहाँहरुलाई अवसर धेरै हतारो पो भयो कि ? यस्ता ठाउँमा दुःख पाएको कुनै कर्यकर्ता पठाएको भए कति उत्साह हुन्थ्यो।
६०१ सदस्यीय संविधानसभामा जतिसुकै योग्य भएपनि त्यहाँ उहाँहरुको भूमिका ढ्याप ढ्यपेमा बोल्ने बाहेक केहि हुनेवाला छैन। पार्टीका मुल्य मान्यतामा टेवा नपुग्ने यस्ता पात्रहरुको त्यहाँ केहि काम छैन। कोही रिसाउँछन कि भनेर नेतृत्वको कार्यशैलीप्रती बोल्न हिचकिचाउनु पर्ने कुनै कारण छैन।
अब त नेतृत्व पुस्तान्तरणको बारेमा बहस शुरु गर्नुपर्ने बेला भयो। किनकी सबै पार्टीका युवाहरुले पुस्तान्तरण बारेमा बहस चलाई सके। बिबेकहिन नेतृत्वबाट अब राष्ट्रवादी क्रान्ती हुन सक्दैन। २०४७ सालपछि पार्टी विद्यार्थी नेतृत्व गरेको ठूलो समूहमा राप्रपा नेपाललाई हाक्न सक्ने क्षमता छ।
दाहाल राप्रपा नेपालका प्रचारविभाग सदस्य हुन्