साउनको अरिबल वर्षाको पर्वाह नगरि दक्षिण कोरियामा रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जना नेपाली युवाले आवेदन फारम भरे। सम्झना थापा -२८ (नाम परिवर्तन) झापाले यसपाली सहित तेस्रो पटक कोरियन भाषाको फारम भरिन्। पहिलो चोटि पास भए पनि कोरिया जान पाईनन। दोस्रो पटक पास हुन सकिनन। यसपाली त जसरी पनि पास गरेर कोरिया पुग्ने सपना देख्दै अबिरल झरीमा पनि घन्टौ लाईन लागेर फारम भरिन्।
सुरेन्द्र थापा -२९ गोरखाले दुई चोटि भाषा परीक्षा दिए । दुई चोटि नै पास भए पनि पहिलो पटक जान पाएनन। दोस्रो चोटि पास भएर अहिले कोरिया जाने रोस्टरमा छन्। दुई हप्ताअघि मात्र वीरेन्द्र पुन -२८ बाग्लुङ कोरियाको ४ वर्ष १० महिनाको अवधि सकेर नेपाल फर्किए। उनले नेपाल फर्कने बित्तिकै सिभिटी परीक्षा दिने बताए।
सुरेश शाक्य -३८ (नाम परिवर्तन) नवलपरासी आफ्नो ४ वर्ष १० महिने अवधि सकेर कोरियामा नै अबैधानिक रुपमा बसे। उनिहरु दुई जनाको एउटै गुनासो थियो। नेपाल गएर के गरेर बस्नु देशमा अझै संबिधान बन्न सकेको छैन। राजनीतिक स्थिति डामाडोल छ।
उसो त कोरिया आउन मरिहत्ते गर्ने युवाहरू कोरिया आए पनि कहाँ सुख छ र ४ महिनाअघि कृषि क्षेत्रमा आएका बिनोद ठकुरी -३० (नाम परिवर्तन) स्याङ्जाले दुखेसो पोखे- बिहान झिसमिसे उज्यालो हुँदादेखि बेलुकी साँझसम्म काम गर्नुपर्छ। अब जसरी भए पनि कार्यस्थल परिवर्तन गर्ने सुनाए।
अहिले कोरियामा २४ हजारको हाराहारीमा नेपाली छन। जसमा ८० प्रतिशत ईपिएस प्रणालीबाट आएका हुन। पछिल्लो चरणमा कोरियामा औधोगिक दुर्घटना बददो छ। अघिल्लो महिना मात्र फोर्कलिफ्ट दूर्घटनामा परेर म्याग्दी हिस्तान ८ का पंकज पुनले ज्यान गुमाए। अहिलेसम्म कोरियामा सय भन्दा बढी सुतेको सुतै भएर ज्यान गुमाएका छन भने १५ जना बढी नेपालीले आत्महत्या गरिसकेका छन।
कोरियाको कामलाई डर्टी, डेन्जर र डिफिकल्ट भनिन्छ। कोरियाको छनान शहरको माईग्रेन्ट सेन्टरमा (जो समस्यामा परेका मजदुरहरूलाई सहयोग गर्ने संस्था हो) कार्यरत नेपाली चेली गीता राईका अनुसार नेपाली कमदारहरू समयमा तलब नदिएको, कम्पनी साहुले कुटपिट गरेको, दुर्ब्यवहार गरेको समस्या बदि लिएर आउने गरेको सुनाउँछिन्।
कोरियाको काम डर्टी, डेन्जर र डिफिकल्ट भए पनि नेपालमा रोजगार छैन्। रोगजार भए पनि तलब न्युन हुन्छ्। कोरिया आउन बित्तिकै मासिल एक लाख कमाई हुन्छ्। देशमा रोजगार नपाएपछि जस्तो सुकै काम भए र जति नै पढेको भए पनि नेपाली युवा माझ कोरिया आकर्षण बदनु मुख्य कारक रहेको प्रबासी मजदुर युनियनका अध्यक्ष उदय राईले बताए।