लगभग साँझको साढे सात बजेदेखि नौ बजेसम्म र बिहान नौ बजेदेखि एघार बजेसम्म केन्द्रीय इन्जिनियरिङ क्याम्पस पुल्चोकको मेकानिकल ब्लकतिरको गेटबाट बाहिर निस्कने हुल देख्ने जो कोहिले पनि भन्छन्, 'हेर त यी केटाहरु केही काम छैन। पढाई सढाई गर्नु छैन बाहिर घुम्न निस्केका लन्ठ्यान लुन्ठुङ गरेका,घरमा बाबुआमाले सकिनसकी आधा पेट खाएर पढ्न पठाएका छन् यिनीहरु यसरि घुमफिर गरेर समय बिताईरहेका छन्।'
तर साँझ र बिहान क्याम्पसमा पढाई नभएका दिन पनि देखिने यी भीड काम नभएर घुम्न निस्केका केटाका भीड होइनन्। बरु यी भिडहरु खानाका लागि क्याम्पस बाहिरका भोजनालय खोज्दै हिडेका भीड हुन्। देशकै केन्द्रीय क्याम्पसको होस्टेलको बास्तविकता बुझ्न सक्ने जो कोहीको पनि मनमा चस्स पश्छ।
होस्टेल परिसरमा खानाका लागि क्यान्टिन तथा मेसको व्यवस्थाका लागि निकै आधुनिक अनि आकर्शक भवनको ब्यवस्था भए पनि ती सबै माकुराका जालाले घेरियाका छन्। होस्टेल बस्ने लगभग ४ सय जना विद्यार्थीको साझा समस्या हो, बिहान साँझ कहाँ गएर खाना खाने भन्ने। होस्टेल तथा क्याम्पस प्रशासनको लापरबाही तथा गैरजिम्मेबरिताका कारणले देशको प्रतिष्ठित क्याम्पसको होस्टेलको अवस्था दर्दनाक छ। विद्यार्थीहरु खाना खानकौ लागि दिनको २-३ घण्टा समय खेर फाल्नु पर्ने अनि बाहिरको अस्वस्थकर खाना खान बाध्य छन्।
होस्टेल प्रशासनले मेसमा खाना खाने व्यवस्थाका लागि टेण्डर खुलाएर मेसको ब्यवस्था गरे पनि मेसहरुले खाना राम्रो नखुवाउने,अस्वस्थकर खाना खुवाउने अनि, समयमै नखुवाउने, टेण्डर नसकिँदै छोडेर जाने, समयमै नयाँ मेसको ब्यवस्था नहुने जस्ता कार्य गर्दै आईरहे पनि होस्टेल प्रशासन तथा क्याम्पस प्रशासन मूगदर्शक बनेर बसेका छन्।
अब विद्यार्थीको नाममा राजनीति गर्नेहरु अनि स्ववियुको के कुरा गर्नु झैँ झगडा, काटमार अनि गुण्डागर्दी गर्दै ठिक्क छ। उनीहरु यस्ता समस्याको समाधानका लागि कुनै पनि संघठनले खासै पहल गरे जस्तो लाग्दैन। उनीहरुले त बरु पायः टेण्डर पर्क्रिया गर्दा मिलेमतो गरेर रकम कुम्ल्याउने नपाए यसो गर्यो उसो गर्यो भनेर धाक दिँदै हिड्ने।
के यहि हो त हाम्रो देशको प्रमुख इन्जिनियरिङ क्याम्पसको वास्तविकता? के विद्यार्थीले आफ्नो ईन्जिनियरिङको चार वर्षसम्म खाना कहाँ खाने भनेर भौतारिनु पर्ने हो त? भोको पेटमा कसरि हुन्छ हाम्रो देशको प्राविधिक क्षेत्रको विकास, समन्धित निकाय किन गैर जिम्मेबार छन्? किन कसैको चासो नपुगेको हो कुन्नि? यस्ता संस्कारमा बस्ने विद्यार्थीले के सिक्छ, उसले केवल यो हाम्रो देशको वास्तविकतामा एउटा उदाहरण मात्र हो भन्ने सिक्दैन? अनि कसरी देख्छ उसले देशमा अवसर अनि काम गर्ने बातावरण? कसरी रोक्न सकिन्छ यस्ता दक्ष जनसक्ति पलायन? अनि कसरी हुन्छ देशको विकास?
यस्ता सामान्य समस्याले युथ जेनेरेसनमा कति असर गर्छ कसैले सोचेको छ। यस्ता सामान्य समस्या पनि राम्रोसँग समाधान गर्न नसक्ने हाम्रा प्रशासनिक निकाय अनि सरकारसँग हाम्रो अपेक्षा के हुने? यी समस्यालाई ध्यानमा राखेर तत्काल समाधान नगरे, देशकै प्रतसस्ठित क्याम्पसको अवस्था दर्दनाक हुने त देखिन्छ नै हामी जस्ता यस क्याम्पसमा अध्यन गर्ने विद्यार्थीले केन्द्रीय क्याम्पसमा पढछु भन्न पनि लाज लाग्ने छ। हाम्रो शैक्षिक धरातल कता तिर गइरहेको छ। र किन कमजोर हुदैछ शिक्षा नीति भन्ने कुराको वास्तबिकता पनि उजागर हुन्छ यसबाट। देशको विकास गर्छौ भन्नेले यस्था विषयमा ध्यान पुर्याउनु पर्छ कि पर्दैन कुन्नि? यदि देशको विकास साच्चिकै गर्ने हो भने समस्या रुटलेवल खोज्दै जानु पर्ने देखिन्छ ठूला कुरा गरेर हाम्रो वास्तबिकता लुक्दैन।त्यसैले समन्धित निकाय अनि सबैको ध्यान समयमै पुगोस।
नारायण भुषाल
केन्द्रीय इन्जिनियरिंग क्याम्पस पुल्चोक