आज श्रद्धेय गायक अरुण थापाको पुण्यतिथि रहेछ। चोट के हो ब्यथा के हो..., भुलुभुलु लाग्यो मलाई...,आखाँको निद खोसी लाने....., साझँको जुन सँगै .... ,म रोएपनि, जस्ता कालजयी गीतहरु गाएर जाने अरुण थापा भने कुलत र नशाको कारणले हामी माझ नभएको पनि १५..१६ बर्ष बितिसकेछ।
साच्चै नै यो कुलत भन्ने कुरा पनि अचम्मको हुनेरहेछ। नशामा नफसेको भए श्रद्धाञ्जली साटो आज हामी उनका नयाँ नया कर्णप्रिय गीतहरु सुनिरहेका हुन्थ्यौ।
उनको पुरानो भिडियो रेकर्डेड फुटेजको साटो बिभिन्न टेलिभिजन,च्यानलहरुमा प्रत्यक्ष अन्तरवार्ता हेरिरहेका हुन्थ्यौ।
उनि पनि दीप श्रेष्ट,प्रेमध्बज प्रधानजस्तै हंगकङ, अष्ट्रेलियाको सुबिधासम्पन्न स्टेजमा गुनगुनाइरहेका हुन्थे।
या त फेरि काठमाडौंको पलेटी साँझको स्टेजमा भुलुभुलु लाग्यो मलाइ..... सुनाइरहेका हुन्थे।
आधुनिक गीत संगीतको भबिष्यको बारेमा कतै एफएम स्टुडियोहरुमा आफ्नो विचार राखिरहेका पनि हुन सक्थे। नारायण गोपालले अरुण थापालाइ उत्तराधिकारीको रुपमा माथिबाट हेरिरहेका हुन्थे।
तर, दुःखको कुरा यो सबको लागि अरुण थापा छैनन।
उनले आफू भित्रको मानवीय संवेदना,पीडाको ब्यवस्थापन रक्सीले भरिएको गिलासबाट गर्न खोजे।
आफूलाई रक्सीको नसामै दिनरात डुबाए।
दुर्भाग्य त्यहि कुलतले गर्दा नै उनको पुण्यतिथी मनाउन विवश छ नेपाली संगित क्षेत्र।
आफू कुलतमा फसे पनि धेरै राम्रा कर्णप्रिय गीतहरु दिएर गए उनले। एउटा श्रोता र उनको गीतको जबरजस्त प्रशंशकको हैसियतले आजको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
arpanrajkharel33@gmail.com